Bisal Chautari Logo

पल शाह फाइनल भए ‘नाई नभन्नू ल–४’ को हिरोमा

- १५ श्रावण २०७२, शुक्रबार ०८:०८ मा प्रकाशित


Paul Shah Confirmed for the New Movie Nai Nabhannu La 4
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ साउन १५ शुक्रबार । अन्तत: मोडल पल शाह ‘नाई नभन्नू ल’ सिरिजको चौथो शृंखलाको मुख्य भूमिकाका लागि फाइनल भएका छन् । करिब दुई वर्षदेखि म्युजिक भिडियोमा मोडलिङ राज गर्दै आएका पललाई हजारभन्दा बढी अनुहारबाट निर्माण टोलीले मुख्य भूमिकाका लागि उपयुक्त ठानेर छनौट गरेको हो । पलले डेढसय भन्दा बढी म्युजिक भिडियो खेलेका छन् ।

Paul Shah Confirmed for the New Movie Nai Nabhannu La 4
निर्देशक बिकास आचार्यले स्क्रीप्टले खोजिरहेको अनुहारमा पल नै उपयुक्त देखिएकाले मुख्य अभिनेताको खोज टुंग्याएको जनाएका छन् । ‘कथाले इनोसेन्ट र चकलेटी अनुहार खोजेको थियो । पलमा ति विशेषता देखेपछि उनलाई नै लिने निर्णय गरेका हौ । उसमा सम्भावना पनि छ, ‘आचार्यले भने । मुख्य भूमिकाका लागि हिरो तय भएपनि हिरोइन भने अझै खोजिरहेको निर्देशक आचार्यले बताएका छन् । आउँदो हप्ताभरिमा हिरोइन पनि तय गरि उनीहरुलाई आवश्यक प्रशिक्षणका लागि पठाउने आचार्यले बताए । आचार्यले यो पटकको कलाकार खोजबाट आफूहरुले अनौठो अनुभव सँगालेको बताएका छन् । ‘धेरै मानिसमा लहडमा कलाकार बन्ने सोच देखें । यस्तो सोचले न कलाकारको भविष्य बन्छ न फिल्म उद्योग,’ आचार्यले भने ।

प्रतिक्रिया