Bisal Chautari Logo

लन्डनमा ‘रातो घर’को भब्य प्रिम्रियर || नाल्बो र निकेशलाई बधाईको ओइरो (फोटो फिचर)

- १३ श्रावण २०७२, बुधबार ०९:४४ मा प्रकाशित


London rato ghar Grand primriyara suraj subba nalbo and Nikesh Limbu Congratulations
विशाल चौतारी समाचार
लन्डन, २०७२ साउन १३ बुधबार । पछिल्लो समय नेपाली चलचित्रहरु विश्वब्यापि हुदैछ । यस्तै क्रममा हलिउड चलचित्रको प्रिमियर हुने लन्डनमा गत शनिबार नेपाली सिनेमा ‘रातो घर’को भब्य रेडकार्पेट प्रिमियर गरिएको छ ।

London rato ghar Grand primriyara suraj subba nalbo and Nikesh Limbu Congratulations
लन्डन अल्डरसटको प्रिन्सेस हलमा सोसल ड्रामा सिनेमा ‘रातो घर’ले पहिलो अन्तराष्ट्रिय यात्राको सुरुवात पनि गर्‍यो । सिनेमा हेरीसकेपछी सम्पुर्ण दर्शकहरुले सिनेमा राम्रो बनेको भन्दै निर्देशक सुरज सुब्बा नाल्बो र सिनेमका प्रस्तुतकर्ता निकेश लिम्बुलाई बधाइ दिए ।
प्रिमियर शोमा प्रस्तुतकर्ता निकेश लिम्बु, निर्देशक सुरज सुब्बा नाल्बो, ‘हँसिया’ निर्देशक मिलन चाम्स, गायक योगेश्वर अमात्य, दीपक थापा, ओमविक्रम विष्ट आकर्षणका विन्दु बने । माङहिम फिल्मस र तक्मे प्रोडक्सनले निर्माण गरेको सिनेमाले पूर्वी नेपालको एक सामाजिक कथा पेश गर्छ । लन्डनपछि नेपालको रिलिज मिति सार्वजनिक गर्ने सिनेमाले अन्य मुलुकमा पनि यात्रा थाल्नेछ ।

London rato ghar Grand primriyara suraj subba nalbo and Nikesh Limbu Congratulations (4)
दीपक गुरुङ पेटमेन, शिल्पा मास्के र लक्ष्मी राई लाराले संचालन गर्ने प्रिमियर समारोहमा रंगकर्मी एवं समाजसेवी शशी थापा सुब्बालाई सम्मान प्रदान गरियो । शीला लिम्बुले रिबन काटेर प्रिमियर शुभारम्भ गरिन् ।

London rato ghar Grand primriyara suraj subba nalbo and Nikesh Limbu Congratulations (1)

London rato ghar Grand primriyara suraj subba nalbo and Nikesh Limbu Congratulations (3)suraj subba nalbo, Nikesh Limbu and milan chams 

प्रतिक्रिया