Bisal Chautari Logo

बलात्कारको विषयमा करिनाले भनिन्– भारतमा महिला सुरक्षित छैन

- १२ भाद्र २०७०, बुधबार ०९:३८ मा प्रकाशित


मुम्बाई ।
बलिउड अभिनेत्री करिना कपुरले बलात्कारको विषयमा सार्वजनिक अभिव्याक्ति दिदै भारतमा कोही सुरक्षित नरहेको बताएकी छिन् । भारतमा बलात्कार, सामुहिक बलात्कारका कारण भारत महिलाका लागि असुरिक्षत भएको बनाउदै करिनाले भनेकी छिन्– ‘बलात्कारका पछिल्ला घटनाहरुले त्यही पुष्टि गरेको छ ।’
एक जनाले मात्र चासो लिएर हुँदैन सबै क्षेत्र सचेत हुनुपर्ने बताउदै उनले भनिन्– ‘मुम्बई जस्तो सुरक्षित मानिने सहरमा बलत्कारका घटना हुनु दु:खद कुरा हो ।’ बलात्कारको समस्या कुनै सहर विशेषसँग सम्बन्ध नराख्ने उल्लेख गर्दै करिनाले पुरै भारतभरिका महिला असुरक्षित रहेको बताइन् । बलात्कारका कारण साना नानीहरु अझ असुरक्षित रहेको करिनाले उल्लेख गरिन् । दिल्ली बलत्कार काण्ड भएको ८–९ महिना बितिसक्यो तर यसका अभियुक्तलाई अझै सजाय सुनाइएको छैन’ अमिताभले भनेका छन्– ‘न्याय प्रणाली ढिलो छ ।’

प्रतिक्रिया