Bisal Chautari Logo

प्रथम ‘मिस राई’ युमाले गीत रेकर्ड गराइन्

- १२ श्रावण २०७२, मंगलवार १९:२३ मा प्रकाशित


yuma rai (miss rai) sing the song
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ साउन १२ मंगलबार । राई समुदायबाट पहिलो मिस राई बन्न सफल भएकी युमा राईले गीत रेकर्ड गराएकी छिन् । संगीता बायुङ राईको शब्द रहेको गीत युमाले आज ललितपुरको ओपेरा डिजिटल स्टुडियोमा रेकर्ड गराएकी हुन् ।

yuma rai (miss rai) sing the song
चैत मास चाँप अनि लालीगुराँस फुल्छ
सारा हाम्रो मनमुटु यसैमा नै भुल्छ,
पारी हेर्‍यो पोकाली त वारी सेप्ली छागा
लाग्छ अति सुन्दर हाम्रो प्यारो ओखलढुङ्गा
बोलको गीतलाई मनोज साङसोनले संगीत भरेका छन् । त्यस्तै संगीत संयोजन त्रिलोक प्रधानको रहेको छ ।

yuma rai (miss rai) sing the song (2)
गायिका समेत बनेकी मिस राई युमाले गीत रेकर्डिङको क्रममा बोल्दै गीतको शब्द अनी संगीत राम्रो बनेकाले आफुलेपनि जतिसक्दो राम्रो गाउने प्रयास गरेको बताइन् । त्यस्तै संगीतकार मनोजले गीतको शब्द राम्रो रहेको बताउदै ओखलढुङ्गालाई अझ नजिकबाट चिन्न यो गीत उपयुक्त रहेको बताए । यो गीत गितकार संगीता बायुङ राईको एल्बममा समावेश रहनेछ ।

yuma rai (miss rai) sing the song (3)

yuma rai (miss rai) sing the song (1)

प्रतिक्रिया