Bisal Chautari Logo

माघे संक्रन्तिमा रिलिज गरिने ‘भाग् सानी भाग्’ को फस्टलुक सार्वजनिक

- ५ श्रावण २०७२, मंगलवार ०५:४४ मा प्रकाशित


Bhaag Saani Bhaag movie First Look release
विशाल चौतारी समाचार
काठमाडौँ, २०७२ साउन ५ मंगलबार । चलचित्र ‘भाग् सानी भाग्’ले आफ्नो प्रदर्शन मिति तय गरेसंगै सिनेमाको फस्टलुकपनि सार्वजनिक गरिएको छ । चलचित्रलाई माघे संक्रान्तीको बिदामा रिलिज गरिने प्रस्तुतकर्ता चेतन सापकोटाले बताए । उनका अनुसार चलचित्र राम्रो बनेकाले बिदाको दिनमा रिलिज गर्दा निर्मातालाई पनि फाइदा हुनेछ ।

Bhaag Saani Bhaag movie First Look release
अभिनेता सविन श्रेष्ठ र अभिनेत्री केकी अधिकारीले आफ्नो फेसबुक पेजबाट चलचित्रको फस्टलुक सार्वजनिक गरेका हुन् । नवल नेपालले निर्देशन गरेको यो फिल्म अभिनेत्री अधिकारीमाथि केन्द्रित छ । सानी नाम गरेकी एक यूवतीको रोचक कथामा फिल्म घुमेको प्रस्तुतकर्ता सापकोटाले बताए । फस्टलुकमा सविनले चलाएको साइकल पछाडि केकीलाई राखिएको छ ।

प्रतिक्रिया