Bisal Chautari Logo

पुर्व मिस नेपाल सृष्टि श्रेष्ठ हिन्दी गीत पछी नेपाली म्युजिक भिडियोमा मस्त (फोटो फिचर)

- २ श्रावण २०७२, शनिबार १५:३१ मा प्रकाशित


Shristi Shrestha Hindi song after Nepali music videos
विशाल चौतारी समाचार
काठमाडौँ, २०७२ साउन २ शनिबार । बलिवूड अभिनेत्री सन्नी लियोनीले अभिनय गरेको ‘कभी जो बादल वर्षे’मा पछिल्लो समय अर्को भिडियोमा अभिनय गरेर एक्कासी चर्चामा आएकी पुर्व मिस नेपाल तथा मोडल (मिस नेपाल २०१२) सृष्टि श्रेष्ठ नेपाली म्युजिक भिडियामा देखापरेकी छिन् ।

Shristi Shrestha Hindi song after Nepali music videos (3)
म्युजिक भिडियोमा सृष्टी श्रेष्ठले अभिनय गरेकी छिन् भने श्याम कार्कीको पनि अभिनय रहेको छ । मोडल श्याम कार्की गायकपनि हुन् । सृष्टिले मोड्लिङ गरेको गीत ‘नमान लाज यस्तरी’ रहेको छ ।

माइतीघर चलचित्रमा रहेको ‘नमान लाज यस्तरी’ बोलको गीतलाई रिभाइव गरी सो गीतलाई फेरि ‘द रिवेल क्रियशन’ले बजारमा ल्याउदै छ । उक्त गीतको म्युजिक भिडियो चचिर्त म्युजिक भिडियो निर्देशक विभोर पोखरेलले निर्देशन गरेका छन् । साथै यस गीतमा शब्द किरण खरेलको र संगीत जयदेवको रहेको छ । पुरानो गीतमा प्रेम ध्वज प्रधान र उषा मंगेशकरले स्वर दिएका थिए भने अब आउने यस गीतको रिमेकमा गायक प्रकाश तिमल्सिना र जमुना शर्माको स्वर रहेको छ । सोहि गीतको छायाँकन अनिलकृष्ण मानन्धर (एनिक्युरेल) ले गरेका छन् ।

क्रमश तस्बिरहरु हेर्नुहोस् :

Shristi Shrestha Hindi song after Nepali music videos

Shristi Shrestha Hindi song after Nepali music videos (6)

Shristi Shrestha Hindi song after Nepali music videos (5)

Shristi Shrestha Hindi song after Nepali music videos (4)

Shristi Shrestha Hindi song after Nepali music videos (2)

प्रतिक्रिया