Bisal Chautari Logo

लौ हेर्नुहोस्, ‘वडा नम्बर ६’मा दिपकराज र प्रियंकाको ‘वाइयात लभ’ (भिडियो सहित)

- १ श्रावण २०७२, शुक्रबार १५:४३ मा प्रकाशित


Deepak Raj Giri and Priyanka Karki Waiyaat Love Story Woda Number 6 movie
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ साउन १ शुक्रबार । आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको चलचित्र ‘वडा नम्बर ६’को एक गीत सार्वजनिक गरिएको छ । ‘वाइयात लभ’ बोलको गीत सार्वजनिक गरिएको कार्यक्रममा निर्माणपक्षले गीतसंगै र कलाकारको लुक्स (टिजर) सार्वजनिक गरेको थियो ।

Deepak Raj Giri and Priyanka Karki Waiyaat Love Story Woda Number 6 movie
कार्यक्रममा कलाकारका कुराले भने मनोरञ्जन प्रदान गरिएको थियो । यो गीतमा दिपकराज गिरी र प्िरयंका कार्कीलाई फिचरिङ गरिएको छ । चलचित्र असोज १ गतेबाट प्रदर्शनमा आउने भएको छ । चलचित्रको बिषयवस्तु रमाइलो भएकाले दर्शकले ‘६ एकान ६’ जस्तै यसलाई पनि मनपराउने प्रस्तुतकर्ता दिपकराज गिरीले बताए ।
दिपकराज गिरी र दीपाश्री निरौलाको प्रस्तुती रहेको चलचित्रमा निर्मल शर्मा कार्यकारी निर्माता छन् । चलचित्रमा दिपकराज गिरी, प्रियंका कार्की, दयाहाङ राई, सिताराम कट्टेल, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राइको मुख्य भूमिका छ ।

Deepa Shree Niraula and Priyanka Karki Waiyaat Love Story Woda Number 6 movie
अभिनेत्री प्रियंका कार्कीले चलचित्रमा काम गर्दा खुबै रमाइलो भएको भन्दै पर्दामा पनि दर्शकले यसरी नै मनोरञ्जन लिने बताइन् । कलाकार दयाहाङ राइले यो टिमसँग जोडिन पाउँदा खुशी लागेको बताए । चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । कार्यक्रममा भने निर्देशक घिमिरे उपस्थित भएनन् । कार्यक्रममा पैसा धेरै हाल्ने र कम हाल्ने निर्माताको चर्चा खुबै भएको थियो ।

Priyanka Karki Waiyaat Love Story Woda Number 6 movie
चलचित्रमा दिपक, दीपा, निर्मलको साथमा जितु नेपाल, केदार घिमिरे, सिताराम कट्टेल, कुञ्जना घिमिरे लगायतले लगानी गरेका छन् । कार्यक्रममा बोल्दै जितुले थोरै पैसा हालेर पनि निर्माता बन्न पाइने रहेछ भन्दै रमाइलो गरे । उनले चलचित्र मनदेखि बनेकाले पहिलेको भन्दा पनि राम्रो व्यापार गर्नेमा ढुक्क रहेको बताए । अर्का कलाकार तथा निर्माता केदार घिमिरेले यसपटक पनि भिन्न बिषयमा दर्शकले मनोरञ्जन लिने बताए । उनले चलचित्रमा सबैभन्दा कम पैसा आफूले हालेको बताए ।
चलचित्रलाई काठमाण्डौ बाहिरका लागि वितरक एफ.डी कम्पनीले एमजी दिइसकेको छ । कार्यक्रममा एफ.डी कम्पनीका अध्यक्ष प्रदिपकुमार उदय, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्िरय, चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसी, मिडिया हबका प्रमुख सोम धितालले शुभकामना दिएका थिए ।

Waiyaat Love Story || Woda Number 6 || Nepali Movie
Movie: Woda Number 6
Song: Waiyaat Love Story
Singer: Sugam Pokharel, Preety Kaur
Lyrics: Deepak Raj Giri
Music: Sugam Pokharel
Actors: Deepak Raj Giri, Priyanka Karki, Jitu Nepal, Kedar Ghimire, Sitaram Kattel, Dahyang Rai, Wilson Bikram Rai, Dipa Shree Niraula, Shivahari Poudel, Kishwor Khatiwoda……
Choreographer: Gambhir Bista
Editor: Gautam Raj Khadka
Cameramen: Deepak Bajracharya, Maan Krishna Shrestha
Executive Producer: Nirmal Sharma
Producer: Aama Saraswoti Gita Devi Films
Director: Ujwal Ghimire

link click : Woda Number 6 || Nepali Movie || Official Teaser

प्रतिक्रिया