Bisal Chautari Logo

ललितकलाको दुई दिने आर्ट भिडियो प्रशिक्षण

- २८ असार २०७२, सोमबार १०:२७ मा प्रकाशित


art video training in nepal
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ असार २८ सोमबार । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा दुई दिने आर्ट भिडियो प्रशिक्षण सम्पन्न भएको छ । शनिवारबाट शुरु प्रशिक्षणमा करिब ५० जना प्रशिक्षार्थी सहभागी थिए ।

art video training in nepal
दुईदिने प्रशिक्षणका क्रममा सुदर्शन विक्रम राणाले आर्ट भिडियोको नेपाली ईतिहास देखि हाल सम्मको स्थिती को बारेमा चर्चा साथै कार्यपत्र प्रस्तुत गरेका थिए । यसैगरी कृति जनार्धन जोशीले आर्ट भिडियोको प्राविधीक विषय तथा सम्पादनको विषयमा प्रशिक्षण दिएका थिए ।
त्यसैगरी क्यामेराम्यान तथा भिडियो सम्पादक कमल प्रसाईले आर्ट भिडियो किन, कसरी र के का लागि तयार गरिन्छ ?, सामन्य देखि जटिल स्रोत र साधनबाट कसरी सर्ट भिडीयो बनाउने लगायतका प्राविधिक विषय र उपयोगिताका विषयमा सहजिकरण गरेका थिए ।
नारदमणि हार्तम्छालीको सभापतित्वमा भएको समापन कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव नवराज भट्ट प्रमुख अतिथिका रुपमा सहभागि थिए । प्रशिक्षक सुदर्शन विक्रम राणाले कार्यपत्र प्रस्तुत गरेका थिए । प्रतिष्ठानका प्राज्ञ ज्योतिप्रकाश विकले आर्ट भिडियोको आवश्यकताका विषयमा प्रकाश पार्दै कार्यपत्रमाथि टिप्पणी गरेका थिए । कार्यक्रमको संचालन देवेन्द्र थुम्केलीले गरेका थिए ।

प्रतिक्रिया