Bisal Chautari Logo

जीवन र रिस्तालाई भुटानी शरणार्थी कस्ले बनायो ?

- २८ असार २०७२, सोमबार ०८:१७ मा प्रकाशित


Jiwan Luitel and Rista basnet Bhutanese refugees made who?
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ असार २८ सोमबार । जीवन लुइँटेल र रिस्ता बस्नेत अब भुटानी शरणर्थी बन्ने भएका छन् । प्रसंग हो, भुटानी शरणार्थीको मायाप्रेमको कथावस्तुमा चलचित्र ‘रिफ्युजी’को । जुन चलचित्रलाई उदय सुब्बाले निर्माण तथा निर्देशन गरीरहेका छन् । चलचित्र रिफ्युजीको छायांकन २५ प्रतीसत पुरा भएको छ ।

Jiwan Luitel and Rista basnet Bhutanese refugees made who
चलचित्रमा जीवन लुइँटेल र रिस्ता बस्नेतको मुख्य भूमिका रहेको छ भने नीर शाह, अशोक शर्मा, दीपक क्षत्री, मोहन निरौला, राम फागो, भीम केरुङ, दिलप्रसाद याक्सो, सञ्जय न्यौपाने, भूपेन्द्र लिङदेन मन्त्री लगायतको पनि चलचित्रमा अभिनय रहने छ । चलचित्रमा सौरभ लामाको क्यामरा, विकास चौधरीको संगीत, डब्बु क्षत्री र उदय सुब्बाको गीत, राजु किराँतीको दन्द्ध र दिनेश पाख्रिनको नृत्य रहेको छ । चलचित्रलाई मनोजराज बान्तवा राई र दीपेशले लिम्बूले मिलेर निर्माण गर्दैछन् ।

Jiwan Luitel and Rista basnet Bhutanese refugees made who-1

प्रतिक्रिया