Bisal Chautari Logo

अभिरल र तनिसाले जिते लिटिल प्रिन्स एण्ड प्रिन्सेस् नेपाल २०१५ को ताज

- २७ असार २०७२, आईतवार १५:०६ मा प्रकाशित


little prince and princess nepal 2015 winner abhiral and tanisha
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ असार २७ आइतबार । यस बर्षको लिटिल प्रिन्स एण्ड प्रिन्सेस् नेपाल २०१५ अभिरल जोशी र तनिसा आर पोखरेललेले उपाधी हात पारेका छन् । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा भएको प्रतियोगितामा २७ जना बालबालिकाले आपसमा प्रतिष्पर्धा गरेका हुन ।

little prince and princess nepal 2015 winner abhiral and tanisha
साहिल राजथला र फ्लोरा थापा मगरले फस्ट रनरअपको उपाधी जितेका छन् । इशाक खड्गी र रेनुका भट्टले सेकेन्ड रनरअपको अर्वाड हासिल गर्न सफल भएका छन् । रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीद्वारा आयोजित सो प्रतियोगिताको कोरियोग्राफी राज फैजूले गरेका थिए । उपाधीसंगै छ जनालाई आयोजक संस्थाकी अध्यक्ष रुस्का बैद्य श्रेष्ठले विभिन्न उपहारहरु प्रदान गरेका थिए ।
प्रतियोगितामा अभनी शाहले इङ्गलिस हेन्डराइटिङ्गमा, प्रेरणा सापकोटाले नेपाली हेन्डराइटिङ्गमा, मानसी रावतले एटिक्ङ्गमा अवार्ड हात पारेका छिन् । त्यस्तै, साइ थापाले एञ्करिङ्गमा, भूमिका भुजेलले वेस्ट स्पोर्टस प्लेयरमा, दिया रिजालले डान्सिङ्गमा अवार्ड जिते । यस बर्ष ब्युटिफुल हेयरको अवार्ड अन्जली लोपचनले, ब्युटिफुल कम्पेक्सनको अवार्ड सदिक्क्षा बेलबासीले र बेस्ट स्माइलको अवार्ड क्रिनु कासिछवाले जितेका छन् । इसाक खड्गीले इनरजेटिकमा, अन्जिसा भट्टराईले बेस्ट ड्ेरसमा, आयश्री रोकायाले डिसिपेल्नमा, आयुसा भण्डारीले पर्सनालिटीमा अवार्ड जितेकाम छन् । त्यस्तै, साहिल राजथलाले फ्रेन्डसिपमा, लजना शाक्यले बेस्ट वाकमा, तनिसा आर पोखरेलले फोटोजेनीकमा, फ्लोरा थापा मगरले ट्यालेन्टमा, गरिमा जोशीले पङ्गच्यूयालिटीमा, प्रिसा थापाले क्यूटमा, अभिरल जोशीले इन्टरटेनरमा जितेका हुन । यस बर्ष बेष्ट आरटिस्टको अवार्ड आयुुुसा भट्टराइले , इन्टेलेक्च्युलको स्मृति फूयालले, ब्युटिफुल आइजमा कृतिका पाण्डेले, रेगुलर एटेन्डेन्स सृष्टी कवानले , चार्मिङ अवार्ड ओजोस्वी जोशीले हात पारेका छन् । रेनुका भट्टले परफमेन्समा, इस्ता देवकोटाले सिन्सीयर अर्वाड जितेका छन् ।
प्रतियोगिताको प्रमुख अतिथीमा प्रा. डा. राज्यश्री श्रेष्ठ थिइन । प्रतियोगिताका निर्णयकमा फोटोग्राफर शिव लाल श्रेष्ठ, पिूर्ब मिस नेपाल उषा खड्गी, नायिका दिया मास्के, काभ्रे जेसिसका अध्यक्ष रुबिना मकाई श्रेष्ठ पत्रकार मधु शाही रहेका छन् । कोरीयोग्राफर गम्भिर बिष्ट, मोडल बर्षा राउत, गायिका श्रेयाशी चेम्जोङ, अकाङ्क्षा बस्याल पनि निर्णयक रहेका थिए ।
आयोजक संस्थाकी अध्यक्ष श्रेष्ठले प्रतियोगिताले बालबालिकामा लुकेको प्रतिभा बाहिर निकाल्नेसागै आत्मबिश्वास बढाउने बताइन । उनले भनिन्, ‘यहि प्रतियोगितामा पहिले सहभागि भएकाहरु नै किशोर–किशोरीका लागि आयोजित प्रतियोगितामा पनि सहभागि छन् ।’ बालबालिकाले बिभिन्न किसिमका अवसरका लागि ढोका खुल्ने उनले बताइन ।

प्रतिक्रिया