Bisal Chautari Logo

मिस एसएलसी आइकन २०१५ को उपाधि एलिनालाई

- २५ असार २०७२, शुक्रबार ०६:४७ मा प्रकाशित


miss slc icon 2015 winner alina shrestha
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ असार २५ शुक्रबार । अल नेपाल पब्लिकेशनले एसएलसी उतिर्ण किशोरीहरुका बिच बुधबार राजधानीमा आयोजना गरेको मिस एसएलसी आइकन २०१५ मा एलिना श्रेष्ठ विजयी भएकी छिन्। राजधानीको राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा एलिना बेस्ट स्किनको उप उपाधिसहित विजेता चुनिएकी हुन् ।

miss slc icon 2015 winner alina shrestha
१२ एसएलसी छात्राहरुबिच भएको प्रतियोगितामा कुसुम कोइराला मिस क्याटवकसहित फस्ट रनरअप र वर्षा लोप्चन वेष्ट हेयरसहित सेकेण्ड रनरअप भएकी छिन्। प्रतियोगितामा दिक्षा अधिकारी मिस फोटोजेनिक, अञ्जीला महर्जन बेष्ट स्माइल र मोष्ट डिसिप्लेन, शिञ्जा सुनाम बेष्ट पर्सनालिटि, बन्दना महर्जन बेष्ट फिजिक र मिस टेलेन्ट, आयुषा खड्गी मिस कन्जीनियालिटी, निशा सेन ठकुरी भ्युअर्स च्वाइस र दिया दिवाकर सोसियली रेस्पोन्सीबल, निकिता महर्जन मोष्ट पपुलर र निरुता केसी. फेसबुक च्वाइस भएका छन्।
आयोजक संस्थाका प्रवन्ध निर्देशक लबबहादुर केसीका अनुसार प्रतियोगितामा सहभागी सबै १२ किशोरीलाई कक्षा ११ र १२ का लागि छात्रबृत्तीको ब्यबस्था गरिनेछ। प्रतियोगिता कोरियोग्राफर अश्वीनी झाको कोरियोग्राफीमा सम्पन्न भएको थियो।
सोही मञ्चमा नेपाल किड्स आइकन २०१५ समेत भएको थियो। प्रतियोगितामा बालिकातर्फ जेनस बञ्जारा बेष्ट स्माइल र मिस व्युटिफुलसहित प्रमूख उपाधिको विजेता भएकी थिइन् भने सेड्निा शर्मा मिस फोटोजेनिकका साथ फस्ट रनरअप, रोमिया अधिकारी क्युट बेबी अफ द इयरका साथ सेकेण्ड रनरअप, प्रशना कटुवाल बेष्ट पर्सनालिटिका साथ थर्ड रनरअप र मेलिना पाण्डे मोष्ट डिसिप्लेनका साथ फोर्थ रनरअप भएका छन्।
प्रतियोगितामा आरजु थापा मिस क्याटवाक, सेलिना भुजेल बेष्ट हेयर, विनिता तामाड बेष्ट फिजिक, सरना बादल बेष्ट स्कीन, सुप्रिज्ञा सिंह सिपाहि मिस कन्जीनियालिटी, आइन्सा आचार्य: मोष्ट फ्रेण्डली, सबीता नेगी बेष्ट स्पीच, केलसाड लामा शेर्पा बेष्ट आर्टवर्क, निर्जला गिरी: मोष्ट चार्मीङ, स्पिहा निरौला बेष्ट फिटनेस, समृद्धि पोख्ररेल: मिस ट्यचलेन्ट, जयनी सुबेदी मोष्ट इस्टालिस, एन्जीला चौधरी: भ्युअर्स च्वाईस, लक्की शेर्पा मेनेजमेन्ट च्वाईस र सौयरी अर्याल मोष्ट पपुलर भएका छन्।
त्यसैगरी बालकहरुतर्फको स्पधार्मा प्रतिक तामाड मिष्टर हाण्डसमका साथ विजेता भएका छन् भने आयुष कार्की फस्ट रनर अप र बेष्ट फर्सनालिटी भएका छन्।
यी प्रतियोगिताको निर्णायकमा दीपक खााड, सिताराम पोख्रेल, वर्षा सिवाकोटीसुमित प्रताप जंग राणा, सरोज प्याकुरेल र सपना लामिछाने रहेका थिए।

प्रतिक्रिया