Bisal Chautari Logo

रेखा थापाको पहिलो संगीतमा राजेश पायल राईले गीत रेकर्ड गराए

- २२ असार २०७२, मंगलवार १७:०१ मा प्रकाशित


rekha thaha Of first music Rajesh Payal Rai recorded songs made
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ असार २२ मंगलबार । नेपाली पाश्र्व तथा आधुनिक गायनका व्यस्त गायक राजेशपायल राईले आजसम्म धेरै संगीतकारका धुनमा गीत गाए । मंगलबार भने उनले अलि फरक अनुभव गरे । मंगलबार उनले नायिका रेखा थापाको संगीतमा गीत गाए ।

rekha thaha Of first music Rajesh Payal Rai recorded songs made
गत वर्ष ‘हिम्मतवाली’ निर्देशन गरेर निर्देशक पनि बनेकी रेखा अब संगीतकार पनि बनेकी हुन् । भदौमा छायांकन गरिने आफ्नो नयाँ फिल्म ‘रामप्यारी’को रेखाले संगीत दिएको गीत ‘अर्को जूनी कुन्नि भेट हुन की नहुने, यही जूनीमा माया गरु नी…’ मंगलबार राजधानीको म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको हो । रेकडिर्ङमा रेखा भने अनुपस्थित थिइन् ।
अमेरिकामा रहेकी रेखाले भाइबरबाटै गायक राजेशपायललाई निर्देशन दिएकी थिइन् । राजेशले भने प्रविधिको प्रयोगमा संगीतकारको भर्चुअल उपस्थितीमा स्टुडियोमा गीत रेकर्ड गराउँदा नौलो अनुभव भएको बताए । साथै, उनले रेखाको पहिलो काम तारिफ योग्य भएको बताउँदै गीत ‘हिट’ हुनेमा आशावादी देखिए । किरण खरेलले रचना गरेको उक्त गीतमा राजेशसहित मनिषा पोखरेलले पनि स्वर दिएकी छन् ।

प्रतिक्रिया