Bisal Chautari Logo

गायिका तायाहाङमा राईले यसरी मनाइन् बर्थ डे (फोटो फिचर सहित)

- १८ असार २०७२, शुक्रबार १०:५१ मा प्रकाशित


tayahangma rai birthday
विशाल चौतारी समाचार

तस्बिरहरु : सु्र्य चाम्लिङ 
काठमाडौ, २०७२ असार १८ शुक्रबार । गायिका तायाहाङमा राईले हिजो अर्थात असार १७ गतेको दिन बर्थ डे मनाएका छन् । गायिका तायाहाङमाले आफ्नो घरपरिवार र केही सेलिब्रेटीका साथ वर्थ डे मनाएकी छिन् । चर्चित म्युजिक भिडियो निर्देशक नितिन चन्दपनि बर्थ डेमा विस गर्न पुगेका थिए । बर्थ डे कार्यक्रम दरबार मार्गको एक क्याफेमा गरिएको थियो ।

tayahangma rai birthday
नेपाली संगीत क्षेत्रमा ७ वर्षको अनुभवसंगै, डा. किरातसंग औपचारीक रुपमा ४–५ वर्ष संगीत क्लास लिइसकेपछी गायिका तायाहाङगमा राईले एल्बम ‘तराना’ ल्याएकी थिइन् । उता वाल्यकालमा गायिका तयाहाङमालाई गायनमा भन्दा नृत्यमा बढी सोख थियो । तर स्कुलमा हुने कार्यक्रमहरुमा स्टेजमा गीत प्रस्तुत गर्दा आफ्ना साथिहरुले गायनमा राम्रो रहेको बताएपछी बिस्तारै गायनमा लागेको गायिका तायाहाङगमाले विशाल चौतारी डटकमसंगको कुराकानीमा बताएकी थिइन् ।

tayahangma rai birthday (1)
२०६७ सालमा आधुनिक गीत स्वर परिक्षा पास गर्दै २०६८ सालमा लोकतन्त्र दिवसमा आयोजित काठमाडौमा राष्ट्रब्यापी गायन प्रतियोगीतामा प्रथम भएकी थिइन् । गायिका तायाहाङगमा राईको पहिलो एल्बम ‘तिम्रो याद विमोचन २ वर्ष अगाडी गरिएको थियो । पहिलो एल्बममा ७ वटा गीत समावेश गरिएको थियो । गायिका तायाहाङगमा राई केही समय अगाडी कन्र्सटका लागी कोरिया र हङकङ पुगेर आएकी थिइन् ।

सबै फोटो फिचरमा हेर्नुहोस्

[gss ids=”10104,10105,10103,10098,10100,10101,10099,10102,10097,10106″]

प्रतिक्रिया