Bisal Chautari Logo

श्याम भट्टराई अमेरिकामै फिल्म निर्देशन गर्दै

- १८ असार २०७२, शुक्रबार १०:०३ मा प्रकाशित


Shyam Bhattarai America directing the film
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ असार १८ शुक्रबार । केही महिना अघि अमेरिका पुगेका निर्देशक श्याम भट्टराईले अमेरिकामा नै फिल्म निर्देशन गर्ने भएका छन् । उनले अमेरिकामा रहेका एनआरएनका कथा व्यथामा फिल्म बन्न लागेको जानकारी गराए ।

Shyam Bhattarai America directing the film
फिल्म नेपाल विश्व सहयोग संंघको तत्वावधानमा बन्न लागेको हो । फिल्ममा अमेरिकाको सनफ्रान्सिसकोमै बसिरहेका युवा प्रिन्स युवराज कार्की र सुजित सिंहको पनि लगानी रहनेछ ।
श्यामले फिल्ममा नेपालबाट गई अमेरिकाका विभिन्न प्रान्तमा छरिएर बसेका कलाकारलाई अभिनय गराउने जानकारी गराए । उनले भने, ‘नेपालका धेरै स्थापित कलाकारहरु यहा हुनुहुन्छ । भूमिका अनुसार उहााहरुलाई आबद्व गराउछौ । केही कलाकार भने अडिसनबाट पनि छान्छौं । यसका लागि अहिले अमेरिकाका विभिन्न राज्यमा अनुसन्धानको काम भईरहेको छ ।’
नाम तय भईनसकेको फिल्ममा नेपालीले अमेरिकामा पाएका सफलता र असफलताको कथा प्रस्तुत गर्ने श्यामले बताए । ‘फिल्मले अमेरिकामा रहेका नेपालीको जीवनलाई दुरुस्त उतार्ने छ । नेपालीका लागि फिल्म अमेरिका हेर्ने ऐना हुनेछ,’ श्यामले भने ।
दशैंपछि सुटिङ गर्ने लक्ष्य राखिएको फिल्ममा सामीप्यराज तिमल्सेनाको पटकथा रहनेछ भने संगीत अर्जुन पोखरेलको रहनेछ । नेपाल टेलिभिजनबाट प्रसारण भएका टेलिसिरियल ‘गहना’, ‘जानकी’, ‘दुई थोपा आाशु’को सफल निर्देशन पश्चात हुादै ठूलो पर्दाको फिल्म निर्देशन थालेका श्यामले यसअघि ‘मर्यादा’, ‘मौसम’ र ‘लंका’ ‘च्यालेन्ज’ निर्देशन गरिसकेका छन् । पहिलो फिल्म ‘मर्यादा’बाट श्यामले नेफ्टा अवार्डमा उत्कृष्ट फिल्म अवार्ड जित्न सफल भएका थिए । श्यामले यसपछि भर्जि्नियामा लामो समयदेखि बसिरहेका कृष्ण खत्री, मनोज सिंह र यादव पौडेलको लगानीमा बन्ने फिल्म पनि निर्देशनको तयारी गरिहेको बताए ।

प्रतिक्रिया