Bisal Chautari Logo

मिलन चाम्सको नयाँ मुभिको स्टार कास्ट सार्वजनिक || दयाहाङ, अनुप, अर्पणको साथमा दिया

- १७ असार २०७२, बिहीबार ०६:३८ मा प्रकाशित


milan chams new movie BIR bikram of star cast Public
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ असार १७ बिहिबार । चर्चित अनी सफल निर्देशक मिलन चाम्स्ले निर्देशन र प्रोड्युस गर्ने एक नयाँ चलचित्रको स्टार कास्ट सार्वजनिक गरिएको छ । चलचित्र ‘वीर बिक्रम’ मा स्टार कास्टहरु दयाहाङ राई, अनुप विक्रम शाही, अर्पण थापा रहने भएका छन् । यस चलचित्रबाट निर्देशक चाम्सले दिया पुनलाई अभिनेत्रीको रुपमा भित्राउने भएका छन् ।

milan chams new movie BIR bikram of star cast Public
एक्सन कमेडी र ड्रामा जेनेरामा बन्न लागेको चलचित्र ‘वीर बिक्रम’को स्टोरी यम थापाको रहेको छ, भने सिनेमाटोग्राफर राम केसी रहेका छन् । चलचित्रको म्युजिक तारा प्रकाश लिम्बु, कोरियोग्राफरमा रिनेशा बान्तावा राईको रहने छ ।
चाम्स इन्टरटेन्मेन्टबाट बन्न लागेको चलचित्र ‘वीर बिक्रम’लाई निर्देशक चाम्सका साथमा को प्रोड्युसर अनिला राई, प्रिथिवि राज राई र शिव कुमार राई रहनेछन् । यस चलचित्रको सुटिङ यही भाद्र १ गतेदेखी सुरु गर्ने भएको निर्देशक चाम्सले बताए । चलचित्रको सुटिङ लोकेशन आउटसाइड भ्याल्लिमा ४५ दिनमा सक्ने प्लान रहेको छ ।

Cast: Dayahang Rai, Anup Bikram Shahi, Arpan Thapa, Deeya Pun (Interducing)
Story: Yam Thapa
Cinematogrpaher: Ram KC
Music: Tara Prakash
Choreograher: Renasha Bantawa Rai
Producer/Director: Milan Chams
Co-Producer: Anila Rai, Prithvi Raj Rai and Shiva Kumar Rai
Banner: Chams Entertainment

प्रतिक्रिया