Bisal Chautari Logo

ऋचा शर्माको अभियान : दिनमा २ डलर भन्दा कम कमाउने सुकुम्बासीका लागि घर बनाइदिने

- १३ असार २०७२, आईतवार १६:४३ मा प्रकाशित


richa sharma Campaign the day to earn less than $ 2 to make it home for nepal squatters
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ असार १२ शनिबार । अभिनेत्री ऋचा शर्मा दिनमा २ डलर भन्दा कम कमाउने सुकुम्बासीका लागि घर बनाउने अभियानमा अझ बढी सकृय हुने भएकी छिन् । २०२० सम्म १० लाख वटा सुकुम्बासीहरुका लागी घर बनाउने योजना रहेको समेत अभिनेत्री रिचा शर्माले बताइन् । ह्याबिट्याट फर ह्युमनिटी नेपालको तर्फबाट नै यी घरहरु बनिने भएको हो ।

richa sharma Campaign the day to earn less than $ 2 to make it home for earthquake victimsह्याबिट्याट फर ह्युमनिटी नेपालको सदभावना दुत समेत रहेकी केही समय अगाडीदेखि गरीबका लागि घर बनाउँदै आएकी अभिनेत्री ऋचा शर्मा अब भूकम्प पीडितका लागि घर निर्माणमा जुट्ने भएकी हुन् । ऋचाले काभ्रे र पोखराका भूकम्प पीडितका लागि घर निर्माणको काम सुरु गर्ने भएकी छिन् । ‘काभ्रेको पीपलबोटमा निर्माणकार्य सुरु भैसकेको छ । अब पोखरामा पनि सुरु गर्छौ, अभिनेत्री शर्माले बताइन् ।

यस अभियानमा पूर्व युवराज्ञी हिमानी शाह पनि सहभागी हुने सम्भावना बढेको छ । ऋचाको भनाई अनुसार यो अभियानमा ब्याङकर, अभिनेत्री, समाजसेवी, वकिल लगायत विभिन्न क्षेत्रमा सक्रिय २१ महिला सहभागी हुने छन् । सोही क्रममा पूर्व युवराज्ञी हिमानीलाई पनि सहभागी गराउने योजना बनाएकी रहिछन् । ‘अस्ति भेटेर मैले पूर्व युवराज्ञी हिमानीसँग कुरा गरें, उहाँ एकदमै उत्साहित हुनुहुन्छ’, अभिनेत्री ऋचा भनिन् ।

केही महिना अघि चितवन र काभ्रेका गरीबका लागि घर बनाउने काममा सहभागी भएकी ऋचाले पिडितको आफ्नो घर नभएकाहरुका लागि हामी घर बनाउने योजनामा रहेकी छिन् ।

प्रतिक्रिया