Bisal Chautari Logo

राहदानी लिनेको संख्या १ बर्षमा उदयपुरबाट ८ हजार युवा विदेशिए

- १६ भाद्र २०७०, आईतवार ०६:५५ मा प्रकाशित


गत आर्थिक बर्ष २०५९ साउन महिना देखि २०७० साउन मसान्त सम्ममा ७ हजार ५ सय १६ जना युवाहरुले राहदाननिको सिफारिस लिएका छन् । जनमध्य ३ हजार १ सय २० जनाले दु्रत सेवा मार्फत राहदानी लिएको जिल्ला प्रशासन कार्यालय उदयपुरको तथ्याङकमा उल्लेख गरिएको छ ।
सचिन वशिष्ठ
उदयपुर, भदौ १६
शान्ति बहालीसागै देशमै काम गर्ने वातावरण बनेको सरकारको दाबीविपरीत कामको खोजीमा विदेशिने उदयपुरे युवाहरुको संख्या पछिल्लो बर्षमा बढेको छ । बढ्दो राजनीतिक अस्थिरतासंगै नेपालमा बेरोजगारी युवाहरुमा बृद्धि हुदै गएकालेपनि युवाहरु विदेश पलायन तिव्र बनेको छ । पछिल्लो एक आर्थिक बर्षमा  मात्रै उदयपुरका करिव ८ हजार युवाहरु विभिन्न कामको शिलसिलामा विदेशीयको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ ।
योग्यता अनुसारको काम नपाउनु र काम अनुसारको ज्याला नपाउने समस्याले नेपालमा बसेर परिवार पाल्न समस्याहुने भन्दै दैनिक युवाहरु विदेशिने गरेका छन् । युवाहरु विदेशीने गरेका कारण यतिवेला दुरदराजका वस्तिहरु शुन्य छन् । विदेशिने युवाहरुमात्र होईन जिल्ला प्रशासन कार्यालय उदयपुरमा राहदानी लिने युवाहरुको संख्यापनि उत्तिकै रहेको छ ।
विगतका तुलनामा अहिले दैनिक दोब्बर संख्यामा राहदानी बनाउने गरेको प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार अहिले दैनिक १५ देखि २५ जना व्यक्तिले राहदानीको सिफारिस लिने गरेका छन् । गत बर्षको तुलनामा यस बर्षको सुरुवातमै राहदानी बनाउने युवाहरुको संख्या ह्वात्तै बढेको थियो ।
गत आर्थिक बर्ष २०५९ साउन महिना देखि २०७० साउन मसान्त सम्ममा ७ हजार ५ सय १६ जना युवाहरुले राहदाननिको सिफारिस लिएका छन् । जनमध्य ३ हजार १ सय २० जनाले दु्रत सेवा मार्फत राहदानी लिएको जिल्ला प्रशासन कार्यालय उदयपुरको तथ्याङकमा उल्लेख गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर राजन थापाले दिएको तथ्याङकअनुसार गत बर्षको श्रावण महिनामा महिला, पुरुष, द्रुततर्फ (यहाँ सिफारिस लिएर सिधै मन्त्रालयमार्फत राहदानी लिने) १८ महिला, ३ सय ३५ पुरुष गरि ३ सय ५३ जनाले राहदानी लिएका थिए । यस्तै भदौ महिनाममा ३ सय ९४, असोजमा ३ सय १९, कार्तिकमा २ सय ५४, मंसिरमा ४ सय २२ जनाले राहदानी लिएको जनाईएको छ ।
यस्तैगरी पुसमा ३ सय ७८, माघमा ३ सय ९१, फागुनमा ३ सय १४, चैत्रमा ३ सय ४३, बैशाखमा २ सय ५५, जेठमा ३ सय ५९, असारमा ३ सय ४८ र साउन महिनामा ५ सय २४ जनाले राहदानी लिएको जनाईएको छ । यस्तै भदौ महिनाको १३ गते सम्ममा ३१ महिला एक दु्रत र १ सय १६ जना पुरुषले राहदानीको सिफारिस लिई सकेको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए । माथिको तथ्याङकमा ७ सय १९ जना महिला र ३३ जना कर्मचारी रहेका छन् ।
राहदानी बनाउनेहरुमा बृद्धि भएसंगै जिल्ला प्रशासन कार्यालय उदयपुरको राजस्वमा समेत बृद्धि भएको छ । प्रशसानले एक बर्षमा करिव २ करोड १९ लाख ८० हजार रुपैया राजस्व संकलन गरेको प्रजिअ श्रेष्ठले बताए ।बढ्दो बेरोजगारी समस्याले गर्दा राहदानी बनाउनेहरुको भीड बढेको छ, प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भने–‘राहदानी बनाउनेहरु सवै विदेश जान्छन् भन्ने होईन तरपनि उदयपुरबाट ठुलो मात्रामा युवाहरु विदेशिन्छन् । ’यस बर्ष एकजना नगरपालिका क्षेत्र र एक जना बाराहा गाविसकि महिलाले श्रीमानले थाहा नपाई दलालको कुरा सुनेर राहदानी बनाउन आएको र रोकिदिएका कारण पछि उनीहरुको घर परिवारमा सल्लाह मिलेपछि पुन राहदानी उपलब्ध गराईदिएको प्रजिअ श्रेष्ठले बताए । ‘वैदेसिक रोजगारमा जाँदा महिलाहरु असुरक्षित हुने क्रम बढेकाले राहदानी बनाउन आँउदा उचित परामर्श समेत दिने गरेका छौँ, उनले भने–त्यसको लागि छुट्टै डेक्स खडा गरिएको छ ।’

प्रतिक्रिया