Bisal Chautari Logo

रमेश बानियको ‘बाध्यता’ अब नेपाली साङ्गीतिक क्षेत्रमा

- १३ असार २०७२, आईतवार १६:१७ मा प्रकाशित


Ramesh Baniya albam badhyata
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ असार १३ आइतबार । अलग अभियानको असार शृङ्खलामा गायक रमेश बानियााको पहिलो एकल भिडियो एल्बम बाध्यताको विमोचन भएको छ । सङ्गीतकार महेश खड्का, साहित्यकार महेश पौड्याल, सङ्गीतकार मण्डल साम्पाङ र कवि बम बानियाले एल्बमको विमोचन गरेका हुन् ।

Ramesh Baniya albam badhyata
बाध्यता एल्बममा ६ गीत समाविष्ट छन् जसमध्ये चार गीत रमेश बानियाा आफैले लेखेका हुन् भने बााकी गीतमा मिरादेवी राई र दीपक बानियााको शब्द रहेको छ । निम सङ्गीत, सुमन राई, रेवत राई, मनोज साङसोन, मनिपल राई र शिव थापा मगरले सङ्गीत दिएका छन् । सबै गीतहरुमा रमेश बानियााकै स्वर रहेको छ ।
एल्बममा समाविष्ट सबै गीतहरुको भिडियो निर्माण भएका छन् । भिडियोमा गायक बानियाासागै नायिका सञ्चिता लुइाटेल, सुरविना कार्की, स्मारिका थापा, सिमरन लिम्बु, सन्तोष राई, विनिता राई, एलिसा सिं र सुरेश गौतमको अभिनय रहेको छ । म्यूजिक भिडियोहरुको निर्देशन राजेश राई, छायाङ्कन उत्सव दाहाल र सम्पादन दीपक विष्टले गरेका हुन् ।
यसरी रमेश बानियााले बाध्यता मार्फत् आफ्नो लेखन, गायन र अभिनय क्षमतालाई प्रस्तुत गरेका छन् । रमेश बानियााको जन्म आज भन्दा २५ वर्ष अघि खोटाङ जिल्लाको पाथेका गाविसमा आमा राजकुमारी बानियाा र बुबा याम बहादुर बानियााको कान्छो सन्तानको रुपमा भएको हो । सानैदेखि सङ्गीतमा रुची भएका बानियाा हाल रोजगारको शिलशिलामा मलेसियामा रहदै आएका छन् । आफ्नो बाल्यकालदेखिको रहरलाई पूरा गर्न नेपाली साङ्गीतिक आकाशमा बाध्यता (भिडियो एल्बम) सहित उदाएका छन् ।

अलग अभियानको असार शृङ्खला

रमेश बानियााको एल्बम बाध्यताको विमोचनसागै अलग अभियानको असार शृङ्खला सम्पन्न भएको छ । असार शृङ्खलामा कविहरु स्वप्निल स्मृति, रामगोपाल आशुतोष, भोगेन एक्ले, साङ्केन बान्तावा, अनिल किराती, प्रणिका कोयू, अविनाश भट्टराई, इना राई लगायतले कविता वाचन गरेका थिए । नाकिमा, नदीश, पेङ किरात, सन्तोष राईको शब्दलाई राजकुमार समाल, मण्डल साम्पाङको सङ्गीतमा गायकगायिकाहरु बबिना किराती, पूजा श्रेष्ठ, रेवत राई, रेवत राईले प्रस्तुत गरेका थिए । वाद्यवादनमा पावल थुलुङ, दिपेश राई लगायतले साथ दिएका थिए । अलग अभियानले हरेक महिना नयाा गीत र कविताहरुको प्रस्तुति गर्दै आएको छ ।

प्रतिक्रिया