Bisal Chautari Logo

अभिनेत्री पुजना र निर्देशक निर्मल ‘चकलेट’ लिएर हङकङ प्रस्थान

- ११ असार २०७२, शुक्रबार १७:२१ मा प्रकाशित


poozana pradhan and nirmal sharma Chocolate with Hong Kong Exodus
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ असार ११ शुक्रबार । अभिनेत्री पुजना प्रधान र निर्देशक निर्मल शर्मा चलचित्र ‘चकलेट’ प्रिमियरका लागी आज हङकङ प्रस्थान गरेका छन् । आफ्नो पहिलो निर्माण गरेको चलचित्र लिएर अभिनेत्री पुजना हङकङसंगै यस चलचित्रका निर्देशक तथा चर्चित हास्य अभिनेता निर्मल शर्मा उडेका हुन् ।

poozana pradhan and nirmal sharma Chocolate with Hong Kong Exodus
पुजना फिल्मसको ब्यानरमा बनेको चलचित्रमा अभिनेत्री प्रधानको आफ्नै कथा पटकथा रहेको छ । चलचित्र चकलेट हङकङबाट फष्र्ट प्रिमियर गरिने भएको छ । चलचित्र आउदो २८ जुनमा युमातैमा प्रिमियर गरिने भएको छ । चलचित्र ‘चकलेट’लाई हङकङमा खुसी गुरुङको टिमले प्रेजेन्ट गरेको हो । चलचित्र चकलेट युएसए ग्लोबल फिल्म फेस्टिभलमा पनि पर्न सफल भएको चलचित्र हो ।

प्रतिक्रिया