Bisal Chautari Logo

नेपालि कांग्रेसबाट सभासदका लागि डन तथा अभिनेता रोज राणाको नाम प्यूठानबाट

- १७ भाद्र २०७०, सोमबार ०७:४५ मा प्रकाशित


१७ भाद्र, काठमाडौ । आउदो संविधानसभा नम्बर दुईको निर्वाचनका लागि नेपाली कांग्रेसले प्यूठान क्षेत्र नम्बर दुई बाट डन तथा अभिनेता रोज राणाको नाम सिफारिस गरेको छ । हिजो आईतवार बसेको क्षेत्रिय कमिटिको बैठकबाट रोज सहित अन्य दुई ब्यत्तिको नाम सिफारिस भएको हो । 
केही महिना अघि गृह जिल्ला पुग्दा उनलाई हजारौले भब्य स्वगत गरेका थिए जुन स्वागत बाजीको खबर काँग्रेसका उच्च नेताको कानमा पुगेपछि उनी पार्टीको नजरमा परेका थिए र त्यस पश्चात सभापति सुशिल कोईरालाको पहलमा काँग्रेसले आउदो निर्वाचनमा सभासद बनाउने निधो गरे अनुरुप रोज गृह जिल्लाबाट सिफारिस पाउने खेलमा लागेका न्युज फिल्मिले बताएको छ । चलचित्र निर्माता संघको उपाध्यक्ष समेत रहेका रोजले केन्दिय राजनीतिमा प्रवेश गर्ने चाहा देखाएपछि उनका दुई प्रोजेक्ट हिरोईन र ग्याङस्टार महिनौ देखी होल्डमा छन् ।

प्रतिक्रिया