Bisal Chautari Logo

पुलिस डिपार्टमेन्ट ‘हेडेक’ निखिलले निर्देशन गरेको ‘भैरव’मा यस्तो एक्सन (भिडियो सहित)

- ११ असार २०७२, शुक्रबार ०५:२३ मा प्रकाशित


nikhil upreti nepali movie bhairav trailer
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ असार ११ शुक्रबार । एक्सन स्टार निखिल उप्रेतिले निर्देशन गरेको चलचित्र ‘भैरव’ ट्रेलर युटुबबाट सार्वजनिक भएको छ । निखिलकै मुख्य भुमिका रहेको यस फिल्ममा एक्सनलाई विशेष महत्व दिइएको छ । पुलिस डिपार्टमेन्ट ‘हेडेक’को रुपमा अभिनेता निखिलले आफ्नो परिचय दिएका छन् ।

nikhil upreti nepali movie bhairav trailer
चलचित्र ‘पिँजडा’वाट अभिनयमा प्रवेश गरेका निखिलका दर्जन बढी चलचित्र दन्द्धकै कारण सफल भएका छन् । बलिउडबाट प्रशिक्षण लिएर नेपाल आएका निखिल पछिल्लो समय निर्माणमा केन्द्रित हुन थालेका छन् । ६ वर्ष अगाडी ‘सावधान’ चलचित्र बनाएका निखिलको लगानी रहेको यो दोस्रो फिल्म हो । आउँदो भदौ २१ गते रिलिज हुने भनिएको ‘भैरव’मा तराईको परिवेशको कथा रहेको छ ।
अभिनेता निखिलको अपोजिटमा अनु शाहलाई चलचित्रमा देख्न सकिन्छ । तर ट्रेलरमा भने देखाइएको छैन ।

BHAIRAV TRAILER || NIKHIL UPRETI || NEW NEPALI MOVIE
Ratan Daruwalla Presents,
Nepali Movie: Bhairav
A Film by Nikhil Upreti
Actors: Nikhil Upreti, Anu Shah
Producer: Johaan Daruwalla
Action: Himal K.C.
Choreography: Ramji Lamichhane
Music: Suresh Adhikari
Cinematographer: Nawaraj Krishna Thapa
Editor: Banish Shah

प्रतिक्रिया