Bisal Chautari Logo

‘वान वे’ मा एकतर्फी माया

- १८ भाद्र २०७०, मंगलवार ०३:११ मा प्रकाशित


१८ भाद्र, काठमाडौ । 
चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राइको निर्माणमा तयार हुन लागेको चलचित्र ‘वन वे’ मा करिश्मा मुख्य भूमिकामा देखिने भएकि छिन् । 
निकै अपेक्षित मानिएका निर्माता राजकुमार राईको यस चलचित्रले किशोर अवस्थामा एकतर्फी गरिने प्रेमलाई मुख्य बिषय बनाएर शिर्षक पुष्टि गर्ने प्रयास गर्ने बताइएको छ । सुरज सुब्बा ‘नाल्बो’ले निर्देशन गर्न लागेको यस चलचित्र काठमाण्डौको एक घरमा भव्य सेट लगाएर छायांकन सुरु गरिएको छ । 
चलचित्रमा रविन तामाङ, माला सुब्बा, सिद्धार्थ गुरुङ, विल्सन विक्रम राई, प्रकाश ओझा, श्याम राई, आकाशबाबुले अभिनय गर्नेछन् । चलचित्रमा पटकथा प्रदिप भट्टराई तथा रोशन श्रेष्ठको द्वन्द्व रहनेछ । चलचित्रलाई ३ वटा क्यामेराले छायांकन गरिनेछ । यही चलचित्रबाट हप्तामा एक दिन प्राविधिकहरुलाई बिदा दिने परम्पराको सुरुवात गरिने निर्देशक नाल्बोले बताएका छन् । चलचित्रमा ड्रेस डिजाइनको जिम्मा निलिमा शर्माले लिएकी छिन् ।

प्रतिक्रिया