Bisal Chautari Logo

१९ वर्षिया टम हल्याण्ड नयाँ ‘स्पाइडर म्यान’ बन्ने

- ९ असार २०७२, बुधबार १३:२७ मा प्रकाशित


tom-holland-spiderman man new movie actor
लस एन्जलस (एजेन्सीको सहयोगमा)
काठमाडौ, २०७२ असार ९ बुधबार । १९ वर्षिया अभिनेता टम हल्याण्ड चर्चित सुपरहिरो चलचित्र ‘स्पाइडर म्यान’को स्पाइडर म्यान हुने भएका छन् । स्पाइडर म्यानको नयाँ शृङखलामा टम पिटर पार्करको भूमिका देखिनेछन् । टमलाई सोनी पिक्चर्स र मार्भलले उक्त भूमिकाको लागि छनौट गरेको हो ।

tom-holland-spiderman man new movie actor 1 9-year-old
टम ‘बिली इलियट द म्यूजिकल’ चलचित्रबाट लाइटमा आएका अभिनेता हुन् । सन् २०१७ को जूलाइ २८ तारिखमा रिलिज हुने चलचित्रलाई नयाँ निर्देशक जोन वाट्सले निर्देशन गर्नेछन् । टम भन्दा अघि स्पाइडर म्यानको भुमिकामा टोबे म्याक्वायर र एन्ड्रियू ग्राफिल्डले अभिनय गरिसकेका छन् । मार्भल र सोनी पिक्चर्सका निर्मातादोय केभिन फेग तथा एमी पास्कलले व्यापक खोजी पश्चात मूख्य अभिनेता र निर्देशकका रुपमा उनीहरुलाई लिने निर्णय गरेका हुन् ।
‘द इम्पोसिबल’, ‘उल्फ हल’ तथा आगामी रिलिज ‘इन द हार्ट अफ द सि’मा गरेको काम र लगातार गरिएका स्क्रिन टेस्टमा राम्रो पाइएपछि टम चलचित्रमा ‘स्पाइडर म्यान’का रुपमा छानिन सफल भएका हुन् ।

प्रतिक्रिया