Bisal Chautari Logo

तुलाको ‘विरह’ सार्वजनिक (With Video)

- ९ असार २०७२, बुधबार १०:५४ मा प्रकाशित


Tula Parbat song Birahama
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ असार ९ बुधबार । गायक तुला पर्वतको ‘विरहमा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक भिडियोले प्रेम बियोगको कथालाई उतारेको छ ।

Tula Parbat song Birahama
निर्देशक मुनाल शिशिरले निर्देशन गरेको यो भिडियोमा निर्मल सेञ्चुरीको साथमा एनी र अभयले मोडलिङ गरेका छन् । लामो समयदेखि नेपाली साङगीतिक क्षेत्रमा सक्रिय गायक तुला पर्वतको दोष एल्बममा यो गीत समावेश छ । मकाउमा रहेका गायक तुलाले आफुले मिहिनेत गरेर नयाँ गीत सार्वजनिक गरेको बताए । टेकेन्द्र शाहको सम्पादन रहेको भिडियोमा रामकमार केसीको छायाकन छ ।
गीतमा तुलाको नै शब्द तथा संगीत समावेश छ । गीतसंगीतमा लामो समयदेखि लागेपनि पछिल्लो केही समयदेखि तुलाले चर्चा पाउन थालेका छन् ।

प्रतिक्रिया