Bisal Chautari Logo

पूर्वमन्त्री तथा जनजाति अगुवा नेता खपाङ्गीको अवस्था नाजुक

- १८ भाद्र २०७०, मंगलवार ०९:११ मा प्रकाशित


१८ भाद्र, काठमाडौं ।
पूर्वमन्त्री तथा गोरेबहादुर खपाङगीमगरको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । सिङगापुरको एलिजाफेद अस्पतालमा उपचार गराइरहनु भएका खपाङगीको सिङगापुर अस्पतालमा मात्रै एक लाख  २२ हजार सिङगापुर डलर (एक करोड एक लाख २६ हजार रुपैयाा) खर्च भइसकेको छ  ।
थापाथलीस्थित नभिर्क अस्पतालमा उपचार हुन नसकेपछि वहाालाई गत २३ अगस्टमा सिङगापुरको एलिजावेथ अस्पताल भर्ना गरिएको थियो । ९ दिनमै उपचारमा एक करोडभन्दा धेरै रकम खर्च भएपछि उनको थपचार गर्न समस्या भएको छ । खपाङगीको उपचारमा न्यूरो सर्जन डाक्टर आइभन र डाक्टर ली संलग्न छन् । वहााका सहयोगी नन्दबहादुर घर्तीका अनुसार चिकित्सकले भिपी नन्सट नली फेर्नुपर्ने बताएका छन् । यसअघि खपाङगीको बाासबारीस्थित न्यूरो अस्पतालमा भिपी नन्सट नली हालिएको थियो ।  न्यूरोले हालेको नली खराब भएकाले उनको अवस्था झन बिग्रिएको घर्तीले बताए । पूर्वमन्त्री खपाङगी मोटरसाइकलले ठक्करबाट तीन महिनाअघि गम्भीर घाइते हुनुभएको थियो  । 

प्रतिक्रिया