Bisal Chautari Logo

‘टाइटानिक’ अभिनेता लियोनार्दो, अमेरिकी पूर्व राष्ट्रपति र बेलायती अभिनेत्री जोहना नेपाल आउँदै

- ७ असार २०७२, सोमबार १७:०८ मा प्रकाशित


leonardo dicaprio, Jimmy Carter and joanna lumley come to nepal
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ असार ७ सोमबार । भूकम्पपछिको पुन:निर्माण, पुन:स्थापना तथा नवनिर्माणका निम्ति बाह्य सहायता जुटाउन यही असारमा १० गते आयोजना हुने ‘नेपालको पुन:निर्माणका लागि अन्तराष्ट्रिय सम्मेलन’मा प्रसिद्ध हलिउड अभिनेता लियोनार्दो डी क्याप्रियो आउने भएका छन् । सम्मेलनमा भाग लिन लियोनार्दोसँगै अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टर तथा चचिर्त बेलायती नायिका जोहना लुम्ले पनि आउने निश्चित भएको छ ।

leonardo dicaprio, Jimmy Carter and joanna lumley come to nepal

अर्थमन्त्रालयले एक दिवसीय सम्मेलनका लागि नियोनार्दो आउन लागेको जनाएको हो । सम्मेलनमा सहभागी हुन सरकारले ३७ राष्ट्र र २३ बहुपक्षीय दातृ निकाय तथा प्रतिष्ठित व्यक्तिलाई सम्मेलनमा सहभागिताका लागि आमन्त्रण गरेको थियो ।

प्रतिक्रिया