Bisal Chautari Logo

गायिका अनिला भन्छिन्,‘–बाचिन्जेल सम्म गीत नै गाएर मर्छु’

- ७ असार २०७२, सोमबार १६:१२ मा प्रकाशित


Anila Rai says – the song is singing die
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ असार ७ सोमबार । नेपाली साङ्गीतिक क्षेत्रमा नेपाल बाहिर रहेरपनि इटा थप्ने कलाकारहरु धेरै छन् । यस्तै कलाकार मध्येकी एक गायिका हुन्, अनिला राई । करिव ६ वर्ष अघी आफ्नो पहिलो एल्बम ‘द लाइफ’ बजारमा ल्याएर चर्चा कमाएकी थिइन् ।

Anila Rai says - the song is singing die
प्रिथक स्वरकी धनी गायिका अनिला राई अब दोस्रो एल्बम चाडै बजारमा ल्याउने तयारीमा छिन् । अहिले एल्बमको गीत संगीतको काम भइरहेको गायिका अनिलाले विशाल चौतारी डटकमलाई बताइन् । यस एल्बममा संगीतकार शान्तिराम राई, महेश खड्का, तारा प्रकाश लिम्बु, बिबि अनुरागी, डाक्टर किरात, राई नबिन, रेवत राई लगायतको संगीत रहेको छ । त्यस्तै एल्बमको गीतहरु हेक कुमार राई, तारा चाम्लिङ, निर्मला राई परिबेश, रञ्जना राई र स्वयम अनिल राईको शब्द रहेको छ । यो एल्बममा जम्मा ११ वटा गीत समावेश गरिनेपनि गायिका अनिलाले बताइन् ।
एल्बमको गीतहरु भाद्र तेस्रो सातादेखी गीत रेकर्डिङ सुरु गरेर माघको पहिलो हप्तामा विमोचन गर्ने योजना रहेको गायिका अनिला राईले बताइन् ।
गायिका अनिला राई हाल युकेमा रहेपनि नेपाली सांङ्गीतिक क्षेत्रमा केही इटा थप्ने काम गरौ भनेर एल्बम गर्न लागेको बताइन् । गीत संगीत भनेपनि मरि मेट्ने गायिका अनिला भन्छिन्,‘–बाचिन्जेल सम्म गीत नै गाएर मर्छु ।’

प्रतिक्रिया