Bisal Chautari Logo

करिना कपुर गर्भवति भईन्

- १८ भाद्र २०७०, मंगलवार ०९:४० मा प्रकाशित


         EXCLUSIVE        bollywood       NEWS               
अघिल्लो वर्ष अभिनेता सैफअलि खानसँग विवाह गरेकी बलिउड अभिनेत्री करिना कपुर गर्भवती भएकि बलिउड सञ्चार माध्यमले बताएको छ । उनको फोटो हेर्दा पेटमा बच्चा भएको प्रष्ट अनुमान लगाउनपनि खासै गाह्रो पर्दैन । 
अभिनेत्री कपुर गर्भवती भएपछि निकै चर्चा चुलिएको छ । तर त्यस्तो अच्चम मान्नुपर्ने खास कुरा केही छैन किनभने उनी रियल लाइफमा नभई रिल लाइफमा गर्भवती भएकी हुन् । करण जौहरको होम प्रोडक्सनमा निर्माण भइरहेको चलचित्र ‘गोरी तेरे प्यार मेरे’मा उनले गर्भवती भएकी महिलाको भूमिका निर्वाह गरेकी छिन् । अभिनेत्री करिनाले गर्भवतीको भूमिका सकेसम्म सजीव ढंगबाट निभाउने प्रयास गरेको बताएकी छिन् । अभिनेत्री करिनाले चलचित्रको लागि आफ्नो वजन केही घटाएकी थिइन् । चलचित्रमा उनले इमरान खानसँग रोमान्स गरिरहेकी छिन् ।  ‘गोरी तेरे प्यार मेरे’लाई पुनीत मल्होत्राले निर्देशन गरिरहेका छन् ।एजेन्सि 

प्रतिक्रिया