Bisal Chautari Logo

विश्वकै कान्छा निर्देशक सौगातलाई वुटवल उद्योग बाणिज्य संघको सम्मान

- ७ असार २०७२, सोमबार १३:२३ मा प्रकाशित


The world’s youngest director saugat bista honor
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ असार ७ सोमबार । चलचित्र ‘लभ यू बाबा’ ८ बर्षमा निर्देशन गरेर विश्वकै कान्छा निर्देशकको रुपमा गिनिज बुकमा नाम लेखाएपछी निर्देशक सौगात बिष्टलाई सम्मान गर्ने क्रम रोकिएको छैन ।

The world's youngest director saugat bista honor
निर्देशक बिष्टले नेपालबाट थुप्रै सम्मान थापिसकेका छन् । बुटवलमा आयोजना भएको एक कार्यक्रममा सौगात सम्मानित भएका छन् । वुटवल उद्योग बाणिज्य संघ, रुपन्देहीले सौगातलाई सम्मान गरेको हो । प्रतिभा भन्ने कुरा शारीरिक आकार र प्रकारमा भन्दापनि कर्मशीलतामा हुने भन्दै सौगातलाई सम्मानित गरिएको छ ।

The world's youngest director saugat bista honor-1
गायिका देविका बन्दनाको एकल साँझका अवसरमा उनलाई सम्मानपत्र प्रदान गरिएको हो । सो कार्यक्रममा नायिका नम्रता सापकोटा, नायक गजित बिष्टले पनि आफ्नो प्रस्तुती दिएका थिए । सम्मान पाएपछि सौगातले खुशी व्यक्त गरे । ८ बर्षको उमेरमा नै चलचित्र निर्देशन गरेका सौगातलाई विभिन्न संघसंस्थाले सम्मान गरिसकेका छन् ।

प्रतिक्रिया