Bisal Chautari Logo

‘हमजायगा’को फस्टलुक रिलिज

- ४ जेष्ठ २०७१, आईतवार १०:५१ मा प्रकाशित


HAMJAYAGA-NEPALI-movie-Fist-Look
विशाल चौतारी समाचार 
काठमाडौ, २०७१, जेठ ४ आइतवार  । पछिल्लो समयमा नेपाली दर्शकहरुले फरक–फकर स्वादका चलचित्रहरु हेर्न पाइरहेका छन् । यस्तै क्रममा नेपालीभाषीहरुको बाहुल्यता रहेको भारतको दार्जीलिग र खरासाङमा निकै चचिर्त रहेका चुट्किकाला पात्र दलबहादुर गुरङ ‘हमजायगा’को नाममाथी बनेको चलचित्र ‘हमजायगा’ पर्दशनमा आउने भएको छ । हाल पोस्टप्रोडक्सनमा रहेको चलचित्र युनिटले भने उनै गुरङको जीवनीमा चलचित्र चाही नबनाएको खुलाएको छन् ।
चलचित्रको बारेमा औपचारिक रुपमा जानकारी गराउँदै निर्माण युनिटले हमजायगाको व्यक्तिगत जीवनीमा चलचित्र नबनाएको बताएको छ । निर्देशक सुरेन्द्र पुनका अनुसार चलचित्र ‘हमजायगा’ रोमाण्टिक कमेडीमा आधारित मनोरञ्जनात्मक व्यवसायिक चलचित्र हो । चलचित्रको कथामा भने हमजायगा पात्रको केहि तथ्य भेटिने बताईएको छ । चलचित्रमा हास्य अभिनेता विल्सन विक्रम राई, बाबु बोगटी, पार्वती राई, रिचा धिताल, मनोज आरसी, प्रज्वल गिरी, रवि गिरी, रामचन्द्र अधिकारी, रेशम फिरिरी लगायतको अभिनय रहेको छ । यो चलचित्रको कथा निर्देशक पुनले नै लेखेका हुन् । बाबु श्रेष्ठको छायाँकन, योगेन्द्र श्रेष्ठको द्धन्द्ध निर्देशन तथा कमल राईको करियोग्राफी रहेको यो चलचित्रलाई टंक गुरङ, सूर्य ल्वोन, ओम कुमारी पुन र सरस्वती लामाले संयुक्त रपमा निर्माण गरेका हुन् ।

प्रतिक्रिया