Bisal Chautari Logo

मिस नेवा अलिशाले दोलखामा नि:शुल्क आँखा शिविर पुर्‍याइन्

- २८ फाल्गुन २०७०, बुधबार १३:१० मा प्रकाशित


Alisha-bajracharya-Miss-Newa-1134
विशाल चौतारी समाचार
काठमाडौं, २८ फागुन ।
मिस नेवा: ११३४ अलिशा बज्रचार्यको दिन हिजोआज सामाजिक सेवामा बितिरहेको छ । मिस नेवाको पगरी गुाथेपछि आफूलाई सामाजिक सेवामा समर्पित गर्ने बताएकी अलिशा आफ्नो बचनलाई पूरा गर्ने क्रममा केही दिन अगाडी दोलखा पुगेकी थिइन् । एनएफएच सोसियल वेलफेयर विङको सहकार्यमा उनी नि:शुल्क आाखा शिविर लिएर दोलखामा पुगेकी हुन् ।

चिकित्सा टोलीसँग पुगेकी अलिशाद्वारा सञ्चालित शिविरबाट दोलखाको मागापौवाका ३ सय बढी स्थानीयले नि:शुल्क रुपमा आँखाको स्वास्थ्य जाच गराएका थिए । तीमध्ये २५ जना बृद्धबृद्धामा मोतियाविन्दु देखिएपछि उनीहरुलाई मिस नेवा आलिशाले काठमाडौं ल्याएर उपचार गराएकी छिन् । ती बृद्धबृद्धाको काठमाडौस्थित नेपाल आाखा अस्पतालमा गत सोमबार शल्यक्रिया गरिएको थियो । अनन्त आलिशाले आँखाको शल्यक्रियापछि उनीहरुलाई अलिशाले नै मंगलबार गाडी चढाएर दोलखा पठाएकी छिन् । गाउका केही मानिसहरुमा गम्भीर आँखा विमारी देखिएपछि शल्यक्रियाका लागि राजधानी ल्याएको बताउदै अलिशाले भनिन्, ‘उनीहरुको सफल शल्यक्रिया भयो, यसमै म खुसी रहेकी छु ।’ आँखा मानिसको गम्भीर अंग भएकाले मातियाविन्दु भएको उपचार गर्न पाउँदा एउटा उद्देश्य पूरा भएको अलिशाले बताइन् । दोलखामा आँखा शिविरसँगै अन्य स्वास्थ्य जााच पनि गरिएको थियो । अलिशाका अनुसार शिविरमा पाठेघर तथा स्तन क्यान्सरबारे चेकजााच गरिएको थियो । सो अवसरमा स्थानीय १ सय ४० महिलाले लाभ उठाएको एनएफएच सोसियल वेलफेयर विङका निर्देशक तेन्जिङ शेर्पाले बताए ।
स्वास्थ्य शिविरका लागि अलिशालाई लायन्स क्लव अफ काठमाण्डु टेम्पल सिटी र टेम्पल भ्यालीले सहयोग गरेका थिए । साथै, स्थानीयले पनि साथ दिएको अलिशाले बताइन् । उनका अनुसार चरिकोटस्थित शैलुङ भिलेज होटल र स्थनीय क्लव युथ भिज नेपालले सहयोग गरेका थिए ।

add

प्रतिक्रिया