विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असार १२ शुक्रबार । चर्चित गायिका प्रिती आलेको तिज गीत सार्वजनिक भएको छ । ‘फरिया लरीलै बरिलै’ बोलको तिज गीत सार्वजनिक भएको हो ।
गीतमा एक नारायण भण्डारीको शब्द तथा संगीत छ । गीत योगेश काजीले एरेन्ज गरेका हुन् । ज्ञानेन्द्र शर्मा हुमागाइँको निर्देशनमा बनेको गीतको भिडियोमा प्रिती आलेको मुख्य अभिनय छ ।
भिडियोमा अनिता तामाङ, निरु मगर, निमा लामा र इमा लामाले नृत्य गरेका छन् । गीतमा फरिया भिजाएको कुरादेखि, अचेलका युवायुवतीको चर्चा गरिएको छ । गीतमा नेपालको नयाँ नक्सा, मानिसहरु शहर केन्द्रित भएको तथा कोरोनाको विषय समेत उल्लेख छ ।
प्रतिक्रिया