Bisal Chautari Logo

फाल्गुन १५ मा प्रियंका र आयुष्मानको विवाह पक्का

- ४ फाल्गुन २०७६, आईतवार ०८:०४ मा प्रकाशित


Priyanka Karki & Ayushman DS Joshi to get marry on Falgun 15
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ फाल्गुन ४ आइतवार ।
अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको विवाह मिति पक्का भएको छ । उनीहरूले यही फाल्गुन १५ गते विवाह गर्न लागेका हुन् । प्रियंकाले इन्स्टाग्राममा एक तस्बिर सार्वजनिक गर्दै मिति सार्वजनिक गरेका हुन् ।

यति बेला प्रियंका आयुष्मान विवाहको तयारीमा जुटिसकेका छन् । गत २ वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले टिका टालो गरेको लामी समयपछि विवाह गर्न लागेका हुन् । केही दिन अघि नजिकका साथीहरूसँग ब्याचलर पार्टी मनाउन थाइल्यान्ड गएपछि गरेपछि प्रियंकाले छिट्टै विवाह गर्ने चर्चा चलेको थियो । आयुष्मान र प्रियंकाले आफ्नो र परिवारको ग्रह कमजोर भएको कारण उचित लगन जुराएर मात्र विवाह गर्ने योजना बनाएका थिए । उनीहरूलाई ज्योतिषीले नै यो मितिमा विवाह गर्न सुझाव दिएको बताइएको छ ।

प्रतिक्रिया