Bisal Chautari Logo

सुदर्शन थापा निर्देशित ‘सम्हालिन्छ कहिले मन’को प्रदर्शन मिति घोषणा

- २१ माघ २०७६, मंगलवार ११:१७ मा प्रकाशित


Samhalincha Kahile Man – Pooja Sharma ll Akash Shrestha
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ माघ २१ मंगलवार ।
पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देन अभिनित चलचित्र ‘सम्हालिन्छ कहिले मन’को प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्र हिन्दु नारीहरुको महान् चार्ड हरितालिका तीजको अवसर पारेर भदौ ५ गते रिलिज हुने निर्माता अजितकुमार थापाले जानकारी गराए ।

सुदर्शन थापाको निर्देशनमा बनेको चलचत्रिमा पूजा, आकाश र सोनमसँगै सरोज खनाल, गौरी मल्ल, धिरेन शाक्यलगायतका कलाकारको अभिनय छ ।
लण्डन, स्कटल्याण्ड र वेल्समा छायांकन गरिएको सिनेमा एबी इन्टरनेशनल व्यानरमा निर्माण भएको छ ।
त्रिकोणात्मक प्रेमकथाका निर्मातामा अजितकुमारसँगै अमित बस्नेत छन् । अंकित गौतम र सनिष खकुरेल कार्यकारी निर्माता रहेको चलचित्रमा परि राना सह-निर्माता छन् ।चलचित्रमा महेश दवाडीको कथा, अर्जुन पोखरेल, सुगम पोखरेल र ताराप्रकाश लिम्बुको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी छ ।

प्रतिक्रिया