mantra movie-firstlook
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ माघ १८ शनिवार । सौगात मल्ल स्टारर चलचित्र ‘मन्त्र’को
फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । खिल बहादुर गुरुङको निर्देशनमा तयार भएको चलचित्र ‘मन्त्र’ लभ स्टोरी जनराको चलचित्र हो ।
सार्वजनिक फर्स्टलुक पोस्टरमा कुनै पनि कलाकारलाइ स्थान दिइएको छैन । चलचित्रले हिमाली भेगको प्रेम कथा बोल्छ । चलचित्रमा सौगात मल्ल, बुद्दि तामांङ, दिया पुन, नमिता घिसिङ्ग, बिर बहादुर लामाको मुख्य भूमिका रहेको छ ।
चलचित्रमा शम्भुजित बास्कोटा र सन्तोष सुनारको संगीत रहेको छ । संजय लामाले छायांकन गरेको चलचित्रलाई मित्र डि.गुरुङले सम्पादन गरेका छन् । मुभी र्याकको ब्यानरमा निर्माण भएको चलचित्रको निर्माता मनोज राजभण्डारी हुन् । देबेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको ‘मन्त्र’मा रविराज कार्की,सुरेश कार्की बिर बहादुर लामा र सुभ श्रेष्ठ सह-निर्मातामा रहेका छन् । चलचित्रको प्रदर्शन मिति सार्वजनिक गरिएको छैन ।
प्रतिक्रिया