KASAM KASAM SONG – MA YESTO GEET GAUCHHU 2 – PAUL SHAH, POOJA SHARMA
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ माघ १७ शुक्रबार । चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को बिहीबार ‘कसम कसम’ बोलेको डान्सिङ गीत सार्वजनिक भएको छ । गीतमा सुगम पोखरेलको स्वर, दिनेशराज पुरीको शब्द र अर्जुन पोखरेलको सङ्गीत रहेको छ ।
चलचित्रको सार्वजनिक गीत को भिडियोमा चलचित्रका प्रमुख अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मासँगै मोडल अलिशा शर्मा फिचर्ड छन् । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोमा पूजाको प्रस्तुति रहेको छ । यही फागुन २३ गते प्रदर्शन हुने चलचित्रको तीन गीत सार्वजनिक हुन बाँकी नै छ । सुदर्शन थापा र पूजा निर्माण गरेको चलचित्रमा पूजा र पलका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरूको अभिनय रहेको छ । ’म यस्तो गीत गाउँछु २’को कथा शिवम अधिकारी र दिनेश न्यौपानेले लेखेका हुन् । बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको चलचित्रलाई सौरभ लामाले खिचेका हुन् भने पाँच वटै गीतमा सङ्गीतकार अर्जुन पोखरेलको सङ्गीत रहेको छ । यसलाई सुदर्शन थापा निर्देशन गरेका हुन् । भिडियो हेर्नुहोस्:
प्रतिक्रिया