Bisal Chautari Logo

‘लभ डायरिज’ भ्यालेन्टाइनमा नेपालसँगै अस्ट्रेलियामा प्रदर्शन

- १७ माघ २०७६, शुक्रबार ०७:१८ मा प्रकाशित


love diaries movie
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ माघ १७ शुक्रबार ।
सुशील श्रेष्ठ स्टारर चलचित्र ‘लभ डायरिज’ भ्यालेन्टाइन डे अवसर पारेर नेपालसँगै अस्ट्रेलियामा पनि प्रदर्शन हुने भएको छ । अस्ट्रेलियामा नाइन मेल क्याफे र सल्भ एजुकेशन कन्सलटेन्सीले चलचित्र प्रदर्शन गर्नेछन ।

फागुन २ अर्थात फेब्रुअरी १४ मा मेलबर्न्स्थित चाइना टाउन चलचित्रमा ‘लभ डायरिज’ प्रदर्शन हुने निर्माण पक्षले जानकारी दिएको हो ।
सौरभ चौधरी निर्देशित चलचित्र फागुन २ रिलिजको लागि घरेलु मार्केटमा प्रचार गरिरहेको छ । ट्रेलर र गीतलाई दर्शकले रुचाएपछि स्वदेश प्रदर्शन अगावै विदेशबाट माग भैरहेको निर्माता विनोद सापकोटाले बताए ।
लभस्टोरी चलचित्रमा सुशीलसँगै डेब्यु कलाकार रुबिना थापा र विश्वजित रिमालको मुख्य भूमिका छ । सिनेमाको कथा र पटकथा मधु बास्तोलाले लेखेका हुन् ।
शाहील खान एसोसिएट निर्देशक रहेको चलचित्रमा संजय लामाको छायांकन, मिलन श्रेष्ठ र दिर्घ खड्काको सम्पादन छ । भने, अर्जुन पोखरेलले संगीत भरेका छन् ।

प्रतिक्रिया