Bisal Chautari Logo

दिपेन्द्रको ‘दुई नम्बरी’मा दयाहाङ, पल, वर्षा र बुद्दि

- १४ माघ २०७६, मंगलवार ०६:२७ मा प्रकाशित


nepali movie : Dayahyang rai , dipendra lama
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ माघ १४ मंगलवार ।
निर्देशक दिपेन्द्र लामाको निर्देशनमा नयाँ चलचित्र ‘दुई नम्बरी’ बन्ने घोषणा गरिएको छ । चलचित्रमा अभिनेता दयाहाङ राई, पल शाह र वर्षा राउतलाई मुख्य भुमिकामा लिएका छन् । सोमबार काठमाडौंमा एक कार्यक्रम गर्दै चलचित्रको औपचारिक घोषणा गरिएको हो ।

दुई साथीको कथामा बन्ने चलचित्रको कथा निर्देशक लामाकै हो । निर्देशक लामाले दुई मिल्ने साथीको कथामा चलचित्र बन्ने बताउदै भने, ‘यो फिल्म दुई मिल्ने साथीको कथा देखाइन्छ । पहिला राम्रो सम्बन्ध भएका साथीहरुको बीचमा द्धन्द्ध हुन्छ । उनीहरुको पछि बलियो सम्बन्ध गासिँन्छ । दुई नम्बरी भनेपछि हामीले कालो धन्दाको रुपमा बुझ्छौं । कालो कारोबारको प्रशंग पनि फिल्ममा जोडेका छौं । तर लाहुरे समुदायमा नम्बरी भनेको बलियो मित्रता भन्ने बुझिन्छ । यो फिल्ममा कालो धन्दाको बारेमा पनि केहि अंश देखाइने छ । सामान्य रुपमा हामीले दुई नम्बरी भनेको जे बुझ्छौं त्योभन्दा केही फरक फरक डाइमेन्सन जोड्ने प्रयास गरेका छौं ।’
अभिनेता दयाहाङले आफ्नो भुमिका मन परेर चलचित्रमा काम गर्न तयार भएको बताए । उनी चलचित्रमा पल शाहको साथीको भुमिकामा देखिदैछन् । दया र पल पहिलो पटक स्क्रिन सेयर गर्दैछन् । भने ‘नाई न भन्नु ल ४’ बाट डेब्यु गरेका पल र वर्षा लामो समय पछि एक साथ काम गर्दैछन् । चलचित्रमा बुद्धि तामाङको पनि प्रमुख भूमिका रहनेछ । रेड बर्ड प्रोडक्सन र आरआर फिल्मसको व्यानरमा निर्माण हुने चलचित्रमा रोहित कट्टेल र सरोज खनाल निर्माताको रुपमा रहने चलचित्रको प्रस्तुतकर्तामा किरण नेपाली छन् । रत्न श्रेष्ठ चलचित्रको कार्यकारी निर्माताको रुपमा छन् । चलचित्रको छायांकन माघको २५ देखि सुरु हुनेछ । चलचित्रलाई अर्काे वर्षको जनैपुर्णिमा रिलिज गरिनेछ ।

प्रतिक्रिया