Bisal Chautari Logo

गायिका आस्था राउत प्रहरीे नियन्त्रणमा|| ४ दिन हिरासतमा राख्न अनुमति

- १३ माघ २०७६, सोमबार १२:५३ मा प्रकाशित


Astha Raut
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ माघ १३ सोमबार ।
गायिका आस्था राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरी जवान रमिला श्रेष्ठले उजुरी दिएको आधारमा आस्थालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

केही समयअघि उनले विमानस्थलमा कार्यरत कर्मचारीमाथि दुव्र्यवहार गरेको आरोप लागेको थियो । काठमाडौं जिल्ला प्रशासन कार्यालयले आस्था राउतलाई ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।

सोमबार बिहान आफै प्रहरी सम्पर्कमा आएकी आस्थालाई अनुसन्धानको लागि ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो । प्रहरीले सरकारी वकिलले राउतलाई थुनामा राखेर अनुसन्धान गर्न सात दिनको अनुमति मागेको थियो । तर, प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अनुसन्धानको लागि चार दिन हिरासतमा राख्न अनुमति दिएका हुन् ।

केहि समय अगाडी त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा प्रहरी जवान रमिता श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोप राउतमाथि छ । श्रेष्ठले जाहेरी दिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले माघ ५ गते राउतविरूद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

प्रतिक्रिया