Bisal Chautari Logo

धुर्मुस र सुन्तलीको चलचित्र ‘सेन्टी भाइरस’को गीत सार्वजनिक (भिडियो सहित)

- ३ पुष २०७६, बिहीबार १५:५१ मा प्रकाशित


Funfuny – “Senti Virus” Movie Song
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ पौष ३ बिहिवार ।
रियल जोडि सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को चलचित्र ’सेन्टी भाइरस’कोे पहिलो गीत सार्वजनिक भएको छ ।

काली प्रसाद बास्कोटा र मेलिना राईको स्वर रहेको गीतमा सिताराम कट्टेल, कुञ्जना घिमिरे, अन्जली अधिकारी, दयाहाङ राई, बुद्धि तामाङ र विल्सन विक्रम राई फिचर्ड छन् । डिपी खनालको शब्द रहेको गीतमा शंकर थापाको संगीत रहेको छ । यो गीतलाई शंकर विसीले कोरियोग्राफ गरेका हुन् । रामबाबु गुरूङले निर्देशन गरेको चलचित्रमा सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सूर्यमाला खनाल लगायत कलाकारको अभिनय छ । गीत हेर्नुहोस्:

सुबिहानी फिल्म्सको प्रस्तुतिमा रहेको चलचित्रमा दिन्दु लामा याल्मोको लगानी रहेको छ । शैलेन्द्र डि. कार्कीले खिचेको चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गरेका छन् । यो चलचित्र फागुनको ९ गते देखि प्रर्दशन हुँदैछ ।

प्रतिक्रिया