‘shubha mangal’ nepali movie
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ पौष १ मंगलवार । प्रेम कथामा निर्माण हुने चलचित्र ‘शुभ मङ्गल’ मा अभिनेत्रि सुरविना कार्की देखिने भएकी छिन् । सुरविना कार्की अहिले मुम्बइमा छिन् । उनले, नेपाली चलचित्रमा काम नगरेको पनि लामै समय भैसकेको छ ।
सुरविनाले चलचित्र ‘लप्पन छप्पन २’ साइन गरेकी थिइन् । चलचित्रको छायांकनका लागि उनी यूरोप पनि पुगिन् । तर, यसको निर्माणपक्षले यूरोपमा चलचित्र खिच्न सकेन । यसपछि, भने सुरविनाले चलचित्रबाट हात झिकिन्। अष्ट्रेलिया निवासी निर्देशक मनोज अधिकारीले निर्देशन गर्ने चलचित्रमा कुशल थापा, सुरवीना कार्की, बिकास चापागाईं, केपी शर्मा, आर्यन शर्मा, सदिक्षा पाण्डे लगायतका कलाकारले अभिनय गर्नेछन् ।
चलचित्रमा सुरविनाको जोडीको रुपमा कलाकार कुशल थापा रहनेछन् । यो चलचित्रको छायांकन नेपाल र अष्ट्रेलियामा हुने बताइएको छ ।
अष्ट्रेलियामा बस्ने नेपालीको लाइफस्टाइल र प्रेमको कथामा यो चलचित्र बननेछ । यो चलचित्रलाई संगम क्षेत्री र नारायण दत्तले निर्माण गर्न लागेका हुन् । चलचित्रको छायांकन केही महिनापछि सुरु हुनेछ ।
नायिका सुरविना कार्कीले मुम्बइबाट अनलाइनखबरसँग कुरा गर्दै कथा मन परेकाले चलचित्रमा काम गर्न लागेको बताइन् ।
प्रतिक्रिया