Bisal Chautari Logo

दयाहाङको चलचित्र ‘नीरफूल’ फागुन ३० मा प्रदर्शन

- १ पुष २०७६, मंगलवार ११:३७ मा प्रकाशित


dayahang rai nirful movie
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ पौष १ मंगलवार ।
दयाहाङ राई अभिनित चलचित्र ‘नीरफूल’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । गत भदौ २७ गते प्रर्दशन हुने भनिएको चलचित्र प्राविधिक कारण देखाउदै स्थगित भएको थियो । निर्देशक फूलमान वलले दिएको जानकारी अनुसार अब यो चलचित्र फागुन ३० गते देखि प्रदर्शनमा आउने भएको छ ।

यो चलचित्रमा दयाहाङसँगै रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायत कलाकारको अभिनय रहेको छ । चलचित्रमा अभिनेत्री रेखा थापाका विशेष भुमिका रहेको छ । चलचित्रको पटकथा निर्देशक वल र सचिन घिमिरेले लेखेका हुन् । फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता दुबईकी डोमा सोनाम हुन् । निर्माताको रुपमा कतारबाट माया केसी, बेलायतबाट दिपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङलगायत छन् । यो चलचित्रलाई प्रमोद कार्कीले खिचेका हुन् ।

प्रतिक्रिया