keshav bhattarai death
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ मंसिर ३० सोमवार । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको असामाहिक निधन भएको छ । उनको आइतबार राती १० बजेर २० मिनेटमा निधन भएको हो ।
उनको ह्दयघातका कारण मृत्य भएको बताइएको छ ।
उनको स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई उपचारका लागि ओम अस्पताल लगिएको थियो । अस्पताल पुग्ने बित्तिकै उनलाई मृतक घोषणा गरेको थियो । उनको शरीरलाई श्रद्धाञ्जलीको लागि आज १२ बजे देखि १ :३० सम्म चलचित्र विकास बोर्डमा राखिने छ भने २ बजे देखि ४ बजे सम्म पशुपति आर्यघाटमा राखिने छ । त्यस्तै, कलाकार दीपक क्षेत्रीको शरीरलाई पनि आजै श्रद्धाञ्जली दिइनेछ ।
दुईवर्षे कार्यकालका लागि उनी गत चैतमा बोर्डको अध्यक्षमा नियुक्ति भएका थिए । करिब ३ दशकदेखि अभिनय र चलचित्र निर्माणमा सक्रिय रहँदै आएका भट्टराईको पछिल्लो चलचित्र ‘यात्रा’ हो ।
उनले ‘आफ्नो मान्छे, छोडी गए पाप लाग्ला, देवर बाबु, कर्मयोद्दा, सो सिम्पल, ब्रासलेट’ लगायतका चलचित्र निर्माण गरेका थिए ।
प्रतिक्रिया