chapali height 3 movie
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ मंसिर १२ बिहिवार । अर्जुन कुमारको निर्माणमा छायांकन भैरहेको चलचित्र ‘चपली हाइट ३’ले सेटबाटै प्रदर्शन मिति तय गरेका हुन् ।
निर्माता कुमार र निर्देशक निकेश खड्कासहितको टिमको छलफलसँगै चलचित्रको रिलिज डेट चैत २८ तोकिएको छ । । ‘आगामी नयाँ वर्षमा दर्शकको लागि ‘चपली हाइट ३’ उपहार हुनेछ’, अर्जुन कुमारको भनाइ छ ।
निकेश खड्काले निर्देशन गरिरहेको चलचित्र ‘चपली हाइट ३’ मा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी र प्रतिक श्रेष्ठको मुख्य भूमिका छ । अर्जुन कुमारकै चपली हाइटको पहिलो र दोश्रो श्रृंखलालाई दिपेन्द्र के.खनालले निर्देशन गरेका थिए ।
प्रतिक्रिया