Bisal Chautari Logo

चलचित्र ‘सङ्लो’को पहिलो गीत सार्वजनिक || विराज र निकिताको जोडी यस्तो

- १२ मंसिर २०७६, बिहीबार १५:१० मा प्रकाशित


Chari le Kafal – “Sanglo” Movie Song|Biraj Bhatta,Nikita Chandak
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ मंसिर १२ बिहिवार ।
एक्सन किङ बिराज भट्ट स्टारर चलचित्र ‘साङ्लो’को पहिलो गीत सार्वजनिक भएको छ । ‘चरीले काफल टिप्यो’ बोलको गीतमा विराजलाई पुर्व मिस नेपाल निकिता चन्दकले साथ दिएकी छिन् ।

राजनराज सिवाकोटीको स्वर, शब्द तथा संगीत रहेको लोक लयको गीत सुमधुर सुनिन्छ । गीतमा राजनराजलाई गायिका मिलन नेवारले साथ दिएकी छिन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियो निकै सुन्दर बनेको छ । लामो समयपछि पर्दामा फर्किएका अभिनेता भट्टको नृत्य पावरफूल लाग्छ । पहिलो पटक पर्दामा देखिएकी मिस नेपाल चन्दक पनि नृत्यमा पारङगत नै लाग्छिन् ।
यो चलचित्रमा अभिनेता विराज भट्टको निर्माण, निर्देशन रहेको छ । शिवम अधिकारीको लेखन रहेको चलचित्र साङलो लाई मानकृष्ण श्रेष्ठले खिचेका हुन् भने द्धन्द्ध निर्देशन श्री श्रेष्ठको छ । चलचित्रको प्रदर्शन मिति माघ २४ गतेलाई तोकिएको छ ।

प्रतिक्रिया