Bisal Chautari Logo

‘ए मेरो हजुर ४’ मा अनमोल केसी अनुबन्धित, अनमोल र सुहाना दोस्रो पटक पर्दामा

- १ मंसिर २०७६, आईतवार १३:४४ मा प्रकाशित


A mero hajur 4 movie
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ मंसिर १ आइतवार ।
अभिनेता अनमोल केसी स्टारर चलचित्र ‘ए मेरो हजुर ३’को सफलता पछि ‘ए मेरो हजुर ४’ मा अभिनेता अनमोल केसी नै अनुबन्धित भएका छन् ।

चलचित्र निर्माण कम्पनी सुहाना इन्टरटेनमेन्ट र नायक केसीबिच शनिबार मात्रै सम्झौता भएको हो । निर्माता सुनिल कुमार थापाले अनमोलसँग दोश्रो पटक सहकार्य गर्न लागेका हुन् ।
चलचित्र ‘ए मेरो हजुर ४’ लाई पनि झरना थापाले नै निर्देशन गर्ने छिन् । मुख्य भूमिकामा अनमोल र नायिका सुहाना थापा रहनेछन् । अनमोल र सुहानाले चलचित्र ‘ए मेरो हजुर ३’ मा पहिलो पटकसँगै स्क्रिन सेयर गरेका थिए । पर्दामा उनीहरुको जोडी दोश्रो पटक दोहोरिंदैछ ।
चलचित्र ‘ए मेरो हजुर ४’ को छायाँकन माघ को १६ गतेबाट सुरु हुने निर्माण पक्षले जनाएको छ । यो चलचित्र लभस्टोरी जनरामा बन्नेछ ।

प्रतिक्रिया