Bisal Chautari Logo

चलचित्र ‘मिस्टर नेपाली’को अमेरिकामा प्रिमियर हुने

- १५ कार्तिक २०७६, शुक्रबार १०:४४ मा प्रकाशित


mr. nepali- bhuwan kc
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ कार्तिक १५ शुक्रवार ।
देव भुषालको निर्देशन तथा प्रेमराज दाहालको निर्माणमा तयार भएको चलचित्र ‘मिस्टर नेपाली’ कार्तिकको २९ गतेबाट नेपालमा रिलिज हुँदैछ ।

यो चलचित्रले विदेशमा रहेपनि मन त नेपाली नै हुन्छ भन्ने भावलाई प्रस्तुत गरेको छ । चलचित्रको ट्रेलर र गीत सार्वजनिक भैसकेको छ । यो चलचित्रको नेपाल प्रदर्शन अगावै अमेरिकामा प्रिमियर गर्ने तयारी गरिएको छ । निर्माणपक्षले दिएको जानकारी अनुसार नोभेम्बर १० र १२ मा चलचित्रको प्रिमियर अमेरिकामा हुन लागेको हो ।
हस्टन टेक्सासमा रहेको २९४९ डनभेल रोडमा अमेरिकी समय अनुसार बिहान ११ बजे चलचित्रको प्रिमियर हुन लागेको हो । यस्तै, यही मितिमा अमेरिकी समय अनुसार दिउँसो ३ बजे ८५०५ वाल्टर्न बीएलभीडीमा यो चलचित्रको प्रिमियर हुनेछ ।
यस्तै, अमेरिकाको सान फ्रान्सिस्को क्यालिफोर्नियामा नोभेम्बर १२ मा चलचित्रको प्रिमियर हुन लागेको हो ।
१११५ सोलानो एभेनी, अल्बानी सीए यूएसमा यो चलचित्रको प्रिमियर हुनेछ । अमेरिकी समय अनुसार बेलुकी साढे ६ बजे चलचित्रको प्रिमियर हुन लागेको हो ।
चलचित्रमा नायक भूवन केसी, नायिका रीमा विश्वकर्माको साथमा नव कलाकारद्धय साहिल श्रेष्ठ र कुसुम राउतको मुख्य भूमिका छ ।

प्रतिक्रिया