Bisal Chautari Logo

चलचित्र ‘मिस्टर नेपाली’को ‘हे मेरा परदेशी दाजु भाई’ बोलको गीत सार्वजानिक (भिडियो सहित)

- १० आश्विन २०७६, शुक्रबार ०८:०९ मा प्रकाशित


mr nepali movie song
विशाल चौतारी समाचार
काठमाडौ, २०७६ असोज १० शुक्रवार।
कात्तिक २९ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्र ‘मिस्टर नेपाली’को दशैं लक्षित एक गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ ।
‘हे मेरा परदेशी दाजु भाई’ बोलको गीतले विदेश गएका नेपालीहरुको कथा भनेको छ । चलचित्रको यो गीतमा हेमन्त कान्छा रसाइलीको स्वर, देव भुषालको शब्द तथा सुवाष भुषालको संगीत छ ।

यो चलचित्रमा भूवन केसी, सरोज खनाल, विष्णु सापकोटा, रीमा विश्वकर्मा, नन्दु श्रीवास्तवको साथमा नयाँ अनुहार साहिल श्रेष्ठ र कुसुम राउतको मुख्य भूमिका छ ।
देव भुषालको लेखन, पटकथा तथा निर्देशनमा तयार भएको यो चलचित्रमा प्रेमराज दाहालको लगानी छ । चलचित्रमा निरज कँडेलको छायांकन, कविराज गहतराजको कोरियोग्राफी छ ।
चलचित्र ‘मिस्टर नेपाली’मा नायक भूवन केसीलाई दोहोरो भूमिकामा देख्न पाइनेछ । विशेषगरि, परदेशमा रहेपनि मन त नेपाली नै हुन्छ भन्ने कथालाई यो चलचित्रले प्रस्तुत गरेको छ ।

प्रतिक्रिया