anamol kc movie dhupaure
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ असोज ८ बुधवार । युवा स्टार अनमोल केसीको मुख्य भूमिका रहने गरि निर्देशक साम्तेन भुटियाले ‘धुपौरे’ निर्देशन गर्ने भएका छन् । निर्माण टिम र अनमोल आफैंले मंगलबार यस खबरको पुष्टि गरेका हुन् ।
‘धुपौरो’ निर्माण टिमले टाइटल सार्वजनिक गर्दै अनमोल फाइनल भएको पक्का गरेको हो । रुपेन्द्र खड्गी प्रस्तुतकर्ता रहेको धुपौरोलाई जयन श्रेष्ठले निर्माण गर्नेछन्। जयनले यसअघि नायक निखिल उप्रेतीलाई लिएर ‘किङ’ फिल्म बनाएका थिए । सम्तेन भुटियाले ‘तान्द्रो’, ‘अनागत’ जस्ता फिल्म निर्देशन गरेका छन् । उनी निर्दे्शित फिल्म ‘च च हुई’ मंसिरमा रिलिज हुँदैछ ।
निर्देशक भुटिया विशेषतः आर्ट फिल्म निर्देशकका रुपमा चिनिन्छन् । लभ स्टोरी फिल्मका स्टार अनमोल केसी धुपौरो मा अनुबन्धित हुनुले उनी आर्ट फिल्मतिर ढल्किएको अनुमान गर्न सकिन्छ। या, निर्देशक भुटिया युवा स्टारलाई लिएर कर्मसियल फिल्म निर्देशन गर्दैछन् भन्ने चर्चा पनि फिल्म वृत्तमा सुरु भएको छ । धुपौरो को छायाँकन मंसिरबाट सुरु हुने जानकारी छ ।
प्रतिक्रिया