Bisal Chautari Logo

‘पोई पर्यो काले’ को फस्टलुक सार्वजनिक

- १६ भाद्र २०७६, सोमबार १५:३४ मा प्रकाशित


poi paryo kale movie first look poster
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ भाद्र १६ सोमवार ।
फिल्म पोई पर्यो कालेको फस्टलुक सार्वजनिक भएको छ । शिशिर राणाको लेखन तथा निर्देशनमा तयार भएको फिल्मलाई दिपक मनाङ्गे र सरोज नेपालीले निर्माण गरेका हुन् । अमलादेवी राई कार्यकारी निर्माता रहेको फिल्मलाई किरण नेपालीले प्रस्तुत गरेका हुन् ।

फिल्मको फस्टलुकमा अभिनेता सौगात मल्ल, आकाश श्रेष्ठ र सोहित मानन्धर छन् । यस्तै, फिल्मको फस्टलुकमा अभिनेत्री पूजा शर्मा र श्रृष्टी श्रेष्ठ पनि छन् ।
फिल्मको फस्टलुक हेर्दा यो पारिवारिक फिल्म हो भन्ने लाग्छ । फिल्म पोई पर्यो कालेलाई कमेडी कथामा निर्माण गरिएको छ ।
तर, फस्टलुक हेर्दा फिल्मका क्यारेक्टरको मुड खुशी देखिएको छ । यसैले पनि फिल्मको फस्टलुकले नै अहिले कथा खोलेको भने छैन ।

प्रतिक्रिया